बुबा–आमाको अनुहारमा खुशी भर्दै , दमकमा ज्येष्ठ नागरिकलाई सम्मान र आमालाई दर

दमक, ५ भदौ । बिहीबार बिहानैदेखि दमक–५ मा रहेको जेष्ठ रहेको जेष्ठ नागरिक सम्मान प्रतिस्ठानमा रमाइलो माहोल थियो। कुसे औंसी र हरितालिका तीज दुबै पर्वको अबसरमा प्रतिष्ठानले बुबा–आमालाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । जहाँ सबै मिलेर वडाभर उत्सवजस्तै वातावरण बनाएका थिए ।
कार्यक्रममा पुगेका बुबाहरू ढाका टोपी र छाता हातमा लिएर मुस्कान झल्काइरहनु भएको थियो। कतै कविता सुनिँदै थियो, कतै भजन गुञ्जिँदै थियो, कतै पुराना दिनका रमाइला अनुभव बाँडिँदै थिए। करिब २०० जना बुबाहरू सम्मानित भए, जसमा ९९ वर्षका ज्येष्ठ बुबाले सबैको ध्यान तानिरहनु भएको थियो ।

दमक–८ का लोकनाथ अधिकारी भन्नुहुन्छ “आजिवन सदस्य भएको संस्थाबाट सम्मान पाउँदा मन एकदमै हर्षित भएको छु । अनि सगै रहनु भएका दमक–२ का हरि प्रसाद सिग्देल थप्नुहुन्छ, “बुबा–आमालाई यसरी सम्मान गर्नु भनेको हाम्रो संस्कार जोगाउनु हो।”
दमक–६ का गङगा प्रसाद बराल त अझै भावुक, बन्दै भन्नू हुन्छ “यस्तै राम्रो काम निरन्तर गर्दै जान शुभकामना छ संस्थालाई।”
कार्यक्रममा आमाहरूको उपस्थिति पनि कम थिएन। दर खाने तयारी जोशयुक्त थियो । दमक–६ की देवी माया ढकालले मिठो भजन सुनाउँदै भन्नुभयो “सबैसँगै बसेर दर खाँदा त आत्मा नै रमायो।”
कार्यक्रममा दमक–५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङले सबैलाई सुख–शान्ति र दीर्घायुको शुभकामना दिदै भन्नुभयो यो कार्यक्रमले सामाजिक एकताको सन्देश दिएको छ । पुराना पुस्ताको अनुभबी नयाँकालागी प्रेरणा बन्न सक्ने छ ।

कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी नगरकी उपप्रमुख रेगिना भट्टराईले ज्येष्ठ नागरिकलाई घर–परिवारको “शिर” भन्दै सम्मानका शब्द जोड्नुभयो। उहाँ भन्नुहुन्छ “समस्या पर्यो भने स्थानीय सरकार छ, नगरपालिका छ हजुरहरूको आँखामा आँसु आउन हामी कहिलै दिने छैनौ । “जन्मसँगै मृत्यु छ, तर जिवन आफ्नै लागि पनि बाँच्नुपर्छ। हजुरबुबा–हजुरआमाले आफ्नो स्वास्थ्यलाई ख्याल राख्नुपर्छ,” भन्दै उहाँले आत्मीय सन्देश दिनुभयो।

संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले सुरुदेखि नै ज्येष्ठ नागरिकको सेवामा लागिरहेको बताउँदै आगामी वर्षहरूमा पनि कार्यक्रम निरन्तर गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रम सकिँदा बुबा–आमाको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। टोपीले सजिएको टाउको, छाताले ढाकिएको काँध, मिठो दरले भरिएको पेट र भजनले प्रफुल्ल भएको मन सबैको अनुहारमा एउटै भाव थियो कि “जिवनभरको संघर्ष आज कदर भएको छ।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाहले राष्ट्रसंघ महासभालाई भोली बिहान संवोधन गर्दै, प्रत्यक्ष प्रसारण हेर्न सकिने

काठमाडौ | ८ असोज | प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपाली समय अनुसार भोलि बिहान ५:४५ मा न्यूयोर्कबाट सम्बोधन गर्नुहुने भएको छ। नेपालका

जेनजी थुनुवा अभिभावकद्वारा आन्दोलनको चेतावनी

काठमाडौं,८ असोज । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्दा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा

निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं ,८ असोज। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको