बुबा–आमाको अनुहारमा खुशी भर्दै , दमकमा ज्येष्ठ नागरिकलाई सम्मान र आमालाई दर

दमक, ५ भदौ । बिहीबार बिहानैदेखि दमक–५ मा रहेको जेष्ठ रहेको जेष्ठ नागरिक सम्मान प्रतिस्ठानमा रमाइलो माहोल थियो। कुसे औंसी र हरितालिका तीज दुबै पर्वको अबसरमा प्रतिष्ठानले बुबा–आमालाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । जहाँ सबै मिलेर वडाभर उत्सवजस्तै वातावरण बनाएका थिए ।
कार्यक्रममा पुगेका बुबाहरू ढाका टोपी र छाता हातमा लिएर मुस्कान झल्काइरहनु भएको थियो। कतै कविता सुनिँदै थियो, कतै भजन गुञ्जिँदै थियो, कतै पुराना दिनका रमाइला अनुभव बाँडिँदै थिए। करिब २०० जना बुबाहरू सम्मानित भए, जसमा ९९ वर्षका ज्येष्ठ बुबाले सबैको ध्यान तानिरहनु भएको थियो ।

दमक–८ का लोकनाथ अधिकारी भन्नुहुन्छ “आजिवन सदस्य भएको संस्थाबाट सम्मान पाउँदा मन एकदमै हर्षित भएको छु । अनि सगै रहनु भएका दमक–२ का हरि प्रसाद सिग्देल थप्नुहुन्छ, “बुबा–आमालाई यसरी सम्मान गर्नु भनेको हाम्रो संस्कार जोगाउनु हो।”
दमक–६ का गङगा प्रसाद बराल त अझै भावुक, बन्दै भन्नू हुन्छ “यस्तै राम्रो काम निरन्तर गर्दै जान शुभकामना छ संस्थालाई।”
कार्यक्रममा आमाहरूको उपस्थिति पनि कम थिएन। दर खाने तयारी जोशयुक्त थियो । दमक–६ की देवी माया ढकालले मिठो भजन सुनाउँदै भन्नुभयो “सबैसँगै बसेर दर खाँदा त आत्मा नै रमायो।”
कार्यक्रममा दमक–५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङले सबैलाई सुख–शान्ति र दीर्घायुको शुभकामना दिदै भन्नुभयो यो कार्यक्रमले सामाजिक एकताको सन्देश दिएको छ । पुराना पुस्ताको अनुभबी नयाँकालागी प्रेरणा बन्न सक्ने छ ।

कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी नगरकी उपप्रमुख रेगिना भट्टराईले ज्येष्ठ नागरिकलाई घर–परिवारको “शिर” भन्दै सम्मानका शब्द जोड्नुभयो। उहाँ भन्नुहुन्छ “समस्या पर्यो भने स्थानीय सरकार छ, नगरपालिका छ हजुरहरूको आँखामा आँसु आउन हामी कहिलै दिने छैनौ । “जन्मसँगै मृत्यु छ, तर जिवन आफ्नै लागि पनि बाँच्नुपर्छ। हजुरबुबा–हजुरआमाले आफ्नो स्वास्थ्यलाई ख्याल राख्नुपर्छ,” भन्दै उहाँले आत्मीय सन्देश दिनुभयो।

संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले सुरुदेखि नै ज्येष्ठ नागरिकको सेवामा लागिरहेको बताउँदै आगामी वर्षहरूमा पनि कार्यक्रम निरन्तर गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रम सकिँदा बुबा–आमाको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। टोपीले सजिएको टाउको, छाताले ढाकिएको काँध, मिठो दरले भरिएको पेट र भजनले प्रफुल्ल भएको मन सबैको अनुहारमा एउटै भाव थियो कि “जिवनभरको संघर्ष आज कदर भएको छ।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।