दाङ । नेकपा एमालेका महासचवि शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतमिा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गर्नुभएको छ ।
प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपती भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्कदिा गणतन्त्रप्रति अनाश्था फैलिने खतरा बढ्ने टिप्पणी गर्नुभयो । पूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परमाधिपति भइसकेको व्यक्ति हो । महासचवि पोखरेलले भन्नुभयो —उहाँ सक्रिय राजनीतिमा फर्किदा गणतन्त्रप्रति नै अनाश्था र अवश्विास पैदा गर्छ । त्यो गल्ती पार्टीहरू गर्नुहुँदैन ।
माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतमिा फर्काएर गल्ती गरेको पोखरेलको भनाई छ । माओवादीले लोकतन्त्र सक्दिै गरेको पार्टी भएको भन्दै महासचवि पोखरेलले एमाले र काँग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताउनुभयो । माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती ग¥यो ।
पोखरेलले भन्नुभयो “माओवादीलाई एमाले र काँग्रेसले लोकतन्त्रका बारेमा सिकाउनुपर्छ ।महासचिव पोखरेलले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्ने बताउनुभयो ।










