दमकको सनराईजमा स्काउट क्याम्प

दमक,८ भदौ । दमक २ मा रहेको सनराईज इङलीस बोर्डीङ स्कुलले स्काउट क्याम्प सुरु गरेको छ । यहाँ रहेका स्काउटमा आवद्ध रहेका विद्यार्थीहरुलेनै व्यवस्थापन गरेर सो क्याम्प सञ्चालन गरिरहेका छन् । शुक्रबारबाट सुरु भएको क्याम्पस शनिबार सम्म सञ्चालन भएको छ ।
यो क्याम्पमा कोशी प्रदेशका बिभिन्न स्थानमा रहेका ८ वटा विद्यालयका स्काउट विद्यार्थीहरु सहभागी छन् । विद्यार्थीहरुले यहाँ आफ्नो कला, क्षमता प्रर्दशन गर्नेछन् । आफ्नालागी आवश्यकीय सामाग्री आफै बनाउने, आफै खाना पकाउने, खाने, आउनेहरुलाई खुवाउने, केहि जोखीम अवस्थामा कसरी त्यसमा सहायताको काम गर्ने लगातका कामहरुको प्रस्तुतीकरण समेत गर्ने छन् । स्कुलको प्रन्सिपल नवराज भुर्तेलले विद्यार्थीमा अनुशाषन, आत्मनीर्भरता र सिर्जनाशिलता बढाउन यो कार्यक्रमको संयोजन गरिएको जानकारी दिनुभयो ।

 

सानैदेखी निडर बन्न सिकाउनकालागी स्काउट महत्वपूर्ण प्लेटफर्म बनिरहेको छ । विपत्तका बेलामा कसरी सहायता गर्ने ? वा सहायताको भावनाको जागृत कसरी गराउन सकिन्छ लगायत बारेमा स्काउटमा लाग्नेहरुले सिक्न सक्ने स्काउट नेपाल कोशी प्रदेशका अध्यक्ष किरण बुढाथोकीले बताउनु भयो ।

सामाजीक मान मर्यादा के हो ? जीवनमा आउने कठिन परिस्थितीको सामना कसरी गर्नु पर्छ ? समुहको शक्ति र एक्लै हुँदाको काम गर्न सक्ने अठोट कसरी बढाउन सकिन्छ ? यी सबै कुरा स्काउटबाटै सिक्न सकिने भएकोले यो कार्यक्रम निकै महत्वपूर्ण हुने कार्यक्रमकी प्रमुख अतिथी समेत रहनुभएकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बतउनु भयो ।

कार्यक्रममा विद्यार्थीलाई स्काउटको उद्देश्य, नियम र सामाजिक सेवामा यसको भूमिकाबारे जानकारी दिनुका साथै यस्तो कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, सहयोगी भावना र सामाजिक उत्तरदायित्व विकसित गराउने रहेको विद्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे विरोध

काठमाडौं,१४ साउन । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

काठमाडौं,१४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। स्वास्थ्य तथा

शिव शिखरका साना बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं,१४ साउन। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत फिर्ता

सुरक्षा परिषद् बैठकः सुनसरी घटना र शान्ति सुरक्षाबारे छलफल हुँने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाउनु भएको छ् । परिषद्का अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे