तीज मनाउने तरिका

हातमा रक्सी र बियरका बोतल,अङ्ग प्रदर्शन गरेर मनाएको पर्व ?

यसखाले रमाईलोले कस्तो सन्देश दिइरहेको छ ? र समाजलाई कस्तो बन्न प्रोत्साहन गरिरहेको छ ?

दमक,८ भदौ । नेपालि महिलाहरुको माहान चाँड हरितालिका तिज जुन परम्परा देखि नै मनाहिदै आएको छ । तिज भनि सक्दा सबै महिलाहरुको मुहारमा खुसी छाँउने गर्छ ।तर अहिले आधुनीक नेपालि नारिहरुले तिजको नाममा विकृति नै फहिलाँउने तरिकाले तिज मनाँउन थालेका छन् । तीज सुरु हुनु १ महिना अगाडी देखी नै तीज मनाउने गरिन्छ ।
तीज एक महिना अघी देखीनै मनाउनु ठुलो कुरा नभएपनि त्यसलाई कसरी मनाइ रहिएको छ भन्ने कुरा चाहि महत्वपूर्ण हो । यो भिडयोमा हेरौ ।

 

 

रातो साडीमा सजिएका यी महिलाहरुको भीड । यो भीड हेर्दा र भीडको पछाडी पट्टिको ब्यानरले यो कार्यक्रम तीजकै हो भन्ने पुष्टि गर्छ । तर तीज कसरी मनाइएको छ ? त्यो चाहि अझ ध्यान पुर्वक हेरौ ।

एउटा कुनै भव्य पार्टि प्यालेस वा रेष्टुरेण्ड । अनी वरीपरि साथी सङ्गी उभीएर नाच्न एकदम तयार भएको समुह । अनी एकजना त्यहि भिडमा देखिनु हुन्छ , जसको हातमा छ मादक पदार्थको यो बोतल । अनी यसलाई यी महिलाहरुले तीजमा गरेको रमाईलो मान्नु भएको छ । तर यसखाले रमाईलोले कस्तो सन्देश दिइरहेको छ ? र समाजलाई कस्तो बन्न प्रोत्साहन गरिरहेको छ ? तपाई हामीले सहजै अनुमान लगाउन सक्छौ कि समाज संस्कारका नाममा यसरी मैलो भइरहेको छ कि पुजा साबुन त के जुन सुकै विदेशी पाउडरले धुँदा पनि नजाने गरिको मैलो ।

 

भएको दिदि बहिनीको भिड र्हेदा खेरी तिज मनाको नै अनुमान गर्न सकिन्छ र यो सत्य हो ,
तिज मनाँउने भन्दैमा विभिन्न होटल ,रेष्टुडेन्ड जस्ता पब्लीक ठाँउमा गएर महिला स्वतन्त्रताको नाममा हात हातमा महङ्गा हुस्कि र बियरका बोतल अनी उत्तीकै मात्रामा अङ्ग पदर्शनले महिलाहरुको स्वतन्त्रता अधिकारको रक्षा गरिरहेको छ वा स्वतन्त्रताका नाममा गल्भर ? यस्ता अनेकन प्रश्न जन जनमा गुन्जि रहेको छ । यसरी तीज मनाइनु नेपाली संस्कार र पर्व माथीकै प्रहार रहेको बताउनु हुन्छ दमककी रुबिना शाह ।

 

रमाईलो गर्ने नाममा यस्ता भल्गर र समाजलेनै नपचाउने हर्कत समाजलाई सह्य छदै छैन । यी कुराको न्यूनिकरण मात्रै हैन निर्मुल नै पारिन पर्छ । रमाउने र खुसी हुने अनेकन तरिका हुन सक्छन् । तर खुल्लाम खल्ला सार्वजनीक ठाउँमा भेला भएर यस्ता भिडियो बनाएर सामाजीक सञ्जालमा भाईरल त भइएको छ तर यो समाजकालागी सुस्म भाईरस पनि बनिरहेको पो छ कि ? यस तर्फपनि सचेत बन्न आवश्यक देख्नु हुन्छ दमकका महिलाहरु ।

 

केहि महिलाहरुले तीजलाई रमाइलो पर्वभन्दा बढी विलासी शैलीमा मनाउने प्रवृत्ति बढ्दो छ । हातमा वियर बोकेर होटल–रेष्टुरेन्टमा नाचगान गर्ने दृश्यहरू सार्वजनिक भएपछि यसले संस्कृतिको मौलिकता हराउँदै गएको र समाजमा नकारात्मक प्रभाव र्पान थालेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक सन्देश बोकेको तीजलाई परिवारसँग मिलेर, देवी पार्वतीको पूजा–आराधना गर्दै, परम्परागत भाकामा नाचगान गरेर मनाँउने परम्परा तीजलाई मौलिक र सांस्कृतिक रूपमै जोगाउँदै मनाउन सकिने हो भने समाजमा सही सन्देश जाने मात्र नभएर नयाँ पुस्ताले पनि आफ्नै संस्कृतिलाई गर्वका साथ अंगाल्ने आधार बन्न सक्ने थियो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा