घटनाबारे थपअनुसन्दान भईरहेको छ

धरानको जंगलमा जेब्रा  झोलामा पोको पारेको अवस्था मा पुरुषको दाहिने खुट्टा र टाउको फेला

 

 

धरान / बुधवार साँझ धरान–४ स्थित ९ किलोमिटर भन्ने स्थान (भेडेटार जाने बाटो) मा एकजना पुरुषको टाउको र खुट्टा बिकम पोजिसन ( कुँहिन थालेको ) अवस्थामा फेला परेको छ ।
जेब्रा झोलामा पोको पारेको अवस्थामा एक पुरुषको दाहिने खुट्टा र टाउको भाग अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजय सिंह थापाले जानकारी दिए । उनले भने‘ यो शव एक हप्ता जति पुरानो देखिन्छ । शरीरका अन्य भाग जंगली जनावरहरुले खाए भन्ने अवस्था पनि छैन् किनकी झोलाको भाग खुलेको पनि छ्रैन् यो योजनावद्ध ढगंले रिसिबी साध्न हत्या गरिएको हुनुपर्छ । ’

अनुसन्धानमा माहिर मानिने संघिय एकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालका अनुसार हाल यो शव टाउको भने चिनिने अवस्थामा छैन तर, टाउको फेला परेको छ त्यसलाई हामी सफा गछौ त्यसपछि मात्र शवको पहिचान खुल्छ । उनले भने यो घटनालाई सरसरि हेर्दा पुरुषको हत्या पछि बाच्नु सक्छ भन्ने उदेश्यका साथ उसको खुट्टा र टाउकोमा धारिलो बस्तु प्रहार गरिएको छ त्यसैले फेला परेको शवको भाग केही टुक्रिएको हो ।

रोडदेखि करिब ४७ फिट मुनी जेब्राभित्र भेटिएको खुट्टा र टाउकोले प्रहरीले घटना स्थान मुचुल्का गरी शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृह ( मर्चरी ) पोष्टम्यार्टम गर्नु लगिएको बुझिएको छ । ‘ बुधबार ५ स्थानीयले सिस्नु टिप्नु जाँदा सिनु गन्हाए पछि सो घटनाबारे शव भेटियो भनेर प्रहरीलाई खबर पुगेको हो । दाहालका अनुसार उनका अनुसार टाउकोको प्रकृति हेर्दा ३५ वर्षको पुरुषजस्तो देखिएको छ । ५ दिन पुरानो शव हो । शरीर र अन्य भागको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

एसपी थापा, एसपी दाहाल र धरानका डिएसपी नरेन्द्र कुँवर सहितको टोली घटना स्थल अनुगमनमा पुगेको थियो । संघिय इकाई प्रहरी कार्यालय धरान केनाइन शाखाको लैला ट्याकर डग ‘लैला’ कुकुरको पनि प्रयोग गरिएको छ भने घटना स्थलमा घाम पानीले घटना स्थल नष्ट भएकाले कुनै प्रमाण कुकुरले फेला पार्नु नसकेको प्रहरीको निष्कर्ष छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।