सिनेमा “कोशेढुंगा” सबैले हेर्न मिल्ने, पायो युनिभर्सल सर्टिफिकेट

दमक,११ भदौ । यही बिहीबारदेखि नेपाल सहित ४० भन्दा बढी देशमा एकैसाथ प्रदर्शनमा आउन लागेको सिनेमा “कोशेढुंगा” लाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ ।

 

सिनेमाले जाँचपास समिति (सेन्सर बोर्ड)बाट यूनिभर्सल सर्टिफिकेट पाएसँगै सरोज पौडेलको निर्देशनमा तयार भएको यो सिनेमा सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् ।

सिनेमाको टिजर, ट्रेलर तथा गीतसंगीतले दर्शकको मन जितिसकेको अवस्थामा प्रदर्शनमा आउन लागेको यो सिनेमा व्यवसायिक सफलता हासिल गर्ने अनुमान गरिएको छ ।

महिला प्रधान सिनेमामा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको सिनेमा को कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायाङ्कन, नहकुल खड्काको सम्पादन रहेको सिनेमा मा आशिष अविरल र रिदम कँडेलको संगीत छ ।

सिनेमालाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । सेभेन सिजका अनुसार सिनेमा नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा एकसाथ प्रदर्शनमा आउनेछ ।

सिनेमाको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौँमा गरिएको हो । सिनेमा को आज अपराहन्न प्रिमियर गरिँदैछ भने अग्रिम बुकिङ समेत खुलिसकेको छ । किर्तिमानी सिनेमा ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको लेखन र निर्देशनमा बनेको सिनेमा भएकाले पनि बहुप्रतिक्षित बनेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति

विराटनगरलाई ८ रनले हराउँदै चितवन विजयी

काठमाडौं ,१० कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले