नेप्से परिसूचक अङ्कको सुधार

काठमाडौँ, ११ भदौ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको छ । यो एक दशमलव ९१ प्रतिशतको सुधार भएको हो ।
बुधबार ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा  सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ दशमलव ७० को कारोबार भएको नेप्सेले जनाएको छ । बुधबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ३८, विकास बैंक तीन दशमलव ४०, वित्त एक दशमलव ९८, होटल तथा पर्यटन एक दशमलव ६६, जलविद्युत् एक दशमलव ८५, लगानी दुई दशमलव १९ र जीवन बिमा समूह दुई दशमलव २१ प्रतिशतले बढेको हो ।
उत्पादन तथा प्रशोधन दुई दशमलव ६९, लघुवित्त एक दशमलव शून्य नौ, म्युचुअल फण्ड शून्य दशमलव ४७, निर्जीवन बिमा एक दशमलव ६८, व्यापार दुई दशमलव ६८ र अन्य समूह दुई दशमलव १४ प्रतिशतले बढेको हो । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी केबिएल डिबेञ्चर–२०८६ को शेयर मूल्य पाँच दशमलव ७९ प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको  ६५ करोड ४२ लाख ७४ हजार २५५ बराबरको शेयर किनबेच भएको हो । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ग्रीन भेन्चर लिमिटेडको आठ लाख ४६ हजार ६२३ कित्ता शेयर किनबेच भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति

विराटनगरलाई ८ रनले हराउँदै चितवन विजयी

काठमाडौं ,१० कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले