चारपाने– राजगढ सडकखण्डमा दुर्घटना, ९ जना घाइते

झापा, भदौ ११ । दुईवटा अटोले एकापसमा ओभरटेक गर्दा चारपाने– राजगढ सडकखण्डमा दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

 

आज दिउँसो १ बजे बिर्तामोड २ बेलडाँगीस्थित चारपाने–राजगढ सडकखण्डमा चैतुबारीबाट चारपानेतर्फ आउँदै गरेको मे १ ह ४८५३ नं. को अटोलाई सोही दिशाबाट आउँदै गरेको मे १ ह ५६४१ नं. को अटोले ओभरटेक गर्ने क्रममा ठक्कर दिई दुर्घटना भएको हो ।

 

दुर्घटनामा मे १ ह ४८५३ नं. को अटो चालक बाह्रदशी वडा न.३ बस्ने वर्ष ४४ का अशोक चौधरी , सोही अटोमा सवार मोरङ उर्लाबारी वडा न.९ बस्ने वर्ष ५२ की चन्द्रकला मिश्र , बिर्तामोड वडा न.५ बस्ने वर्ष २९ की गरिमा कोईराला तिम्सिना , उनका छोरा बर्ष १२ का बिमर्श तिम्सिना , बाह्रदशी वडा न.२ बस्ने वर्ष ४८ की तुलसा खड्का , उनकी छोरी वर्ष २२ की रुबिना कार्की र मे १ ह ५६४१ नं. को अटो चालक बिर्तामोड वडा न.७ बस्ने वर्ष २४ का मनोज बि.क. घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट टोली खटिएर दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति

विराटनगरलाई ८ रनले हराउँदै चितवन विजयी

काठमाडौं ,१० कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले