दमक, १३ भदौ । यो पानी उम्रने कुनै मुहान हैन । जहाँ पानी भुलभुली उम्लेर यसरी बाहिर निस्कियोस । यो त दमकको पहिचान र मुहार देखाउने सबै भन्दा व्यस्त सार्वजनिक स्थल दमक बसपार्क हो । यो बसपार्कमा बिभिन्न स्थानबाट बिभिन्न खाले नागरिकहरु आउने पहिलो थलो हो । जहाँ उत्रदा दमक कस्तो छ होला भन्ने कुराको पहिलो अनुभुती गर्न सकिन्छ । तर यो बसपार्क हेरौ त कस्तो अवस्थाको छ ।
ठुलो पानी पर्नै पर्दैन । सामान्य वर्षा मात्रै हुनुपर्छ । यो बसपार्कमा पैदल हिडेर सर्वसाधरण जान सक्ने अवस्थै हुँदैन । कहाँ कत्रो खाडल छ र कति पानी जमेको छ ? अनी त्यो जमेको पानीमा तुफान गुडेर आएको बसले त्यो पानी छ्याप्दा कहाँ देखी काहँ सम्म पुगेर केकेमा कस्तो कस्तो असर पार्छ त्यो अनुमान मात्रै गर्यो भने पनि पुग्छ ।भोग्न नपरोस भन्ने कामना गरौ ।
बसर्पाकमा होटल व्यावसायी कृष्ण रेग्मी आक्रोस हुँदै भन्नु हुन्छ एक दिनको पानीले यती धेरै समस्य हुन्छ भने बर्खामा लगातार पानी पर्दा याँहाको सबै व्यावसायहरुलाई समस्य भएको बताँउनु हुन्छ ।
बसर्पाकमा डुवान हुँदा त्यस ठाँउमा व्यावसाय गर्ने व्यापारि देखि लिएर आवतजावत गर्ने यात्रुहरुलाई पनि सास्ती भोग्नु परेको छ । यो समस्य अहिलेको मात्र होइन बसर्पाक बनाए देखीको नै समस्या हो तर अहिले सम्म पनि नगरपालिका तथा स्थानीय निकायले यो समस्यालाई समाधान गर्ने कुनै पनि काम गर्न सकेको छैन । दमकमा लामो समय देखी अटो चलाँउदै आँउनु भएको दमक—४ का इन्द्र तामाङ बताँउनु हुन्छ ‘ढल फुटेर पानी डुबान हुँदा अटो राख्न समस्य छ । यात्रुहरु नआँउदा घरव्यावहार टार्न समस्या भयो ।’ उहाँले दमकलाई डुबान बाट मुक्त पार्न पानी कटाँउने ढल बनाउन सुझाव दिनुभएको छ ।
दमकको पहिलो ऐना हो बसपार्क । तर यो यती अव्यवस्थित बन्दै गएको छ कि सामान्य वर्षातमा छिर्नै सकिदैन । हेर्दामा आहा भएपनि वर्षातलो दिने आहातले यसको पहिचान र दमकको सौन्दर्यतालाई नै गिज्याइरहेको छ ।









