विकासमा आलटाल

दमकको ट्राफिक भवन निर्माण कसका कारण अलपत्र भइरहेको छ ?

गत आर्थीक वर्षमा यो भवन निर्माणकालागी भनेर कोशी प्रदेश सरकारले ४० लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । तर ट्राफिक प्रहरीको हेड क्वाटरबाट भवन निर्माणको स्विकारपत्र समयमा ल्याउन नसक्दा बजेट फ्रिज भएको कोशी प्रदेश स्थित मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

 

दमक, १७ भदौ । दमकमा एउटा सरकारी भवन बन्न थालेको वर्षौ भयो । ठीङङ उभीएको छ । तर यसको रुप रङ्ग केहि छैन । भीत्र पसेर हेर्यो भने अझै बिजोग अवस्था देखिन्छ । वर्षौदेखी अलपत्र छोडीएको यो भवन हो दमक स्थित ट्राफिक प्रहरी कार्यालयको भवन । २०७६ साल बैशा २३ गते एक वर्ष भित्रैमा निर्माण सम्पन्न गर्ने भन्दै सिलान्यास गरिएको यो भवन ६ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

 

तत्कालीन १ नम्बर प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी केदार रिजाललको प्रमुख आतिथ्यतामा सिलान्यास भएको यो भवन बजेट अभावमा भन्दा पनि आएको बजेट पनि खर्च गर्ने प्रकृया पुरा नभएका कारण नबनेको बुझीएको छ ।

 

 

गत आर्थीक वर्षमा यो भवन निर्माणकालागी भनेर कोशी प्रदेश सरकारले ४० लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । तर ट्राफिक प्रहरीको हेड क्वाटरबाट भवन निर्माणको स्विकारपत्र समयमा ल्याउन नसक्दा बजेट फ्रिज भएको कोशी प्रदेश स्थित मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । यता यो भवन निर्माणमा समन्वय गर्न बनेको उपभोक्ता समिती भने मुख्यमन्त्री हिकमत कुमार कार्कीकै कारण यो भवनले समयमा पूर्णता नपाएको अरोप लगाएको छ । समितीका सचिव चन्द्र खत्रीले पटक पटक बजेट माग गर्न गएको, हुन्छ हुन्छ भन्ने आश्वाशन पाइयो तर समयमा बजेट बिनियोजन नगरादिएका कारण यो अहिले सम्म अलपत्र परेको हो ।उहाले  उल्लेख गर्नुभयो ।

 

चालु आर्थीक वर्षमा पनि कोशी प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । सो बजेट चाहि समयमै कार्यान्वायनमा पठाइदिन उहाँले अनुरोध गर्नु भएको छ ।

 

 

बाहिरबाट हेर्दा निकै आधुनीक भवन जस्तो देखिने यसको भित्री स्वरुप अहिले भने लठीभद्र छ । जताततै निर्माणका सामाग्रीहरु छरिएका छन् ।

 

बिजुलीका तार, काठ, फलामका टुक्रा तथा रडहरु यत्रतत्र छरिएका छन् । यसले दुर्घटना हुने जोखिम त बढाइरहेको छ नै यही निर्माणाधीन भवनमै बसीरहेका दमकका ट्राफिक प्रहरीहरुलाई प्रशाषनीक काम र अन्य गतिविधि सञ्चालन गर्न समेत समस्या भइरहेको छ । कतिबेला कहाँ बन्ने हो ? कुन ठेकेदार आएर यहाबाट सर्नुस भन्लान , एक ठाउँमा टेवल कुर्सी राखेर काम गर्न समेत दुविधा भएको यहाँका इन्चार्ज बिजय राईले जानकारी दिनुभयो ।

 

 

 

झण्डै तीन करोड रुपैँयामा सकिने काम अहिले सम्म करिव ६० प्रतिशत सकिएको छ । यस अवधी सम्म अधिकमत लगानी कोशी प्रदेशकै छ । कोशी प्रदेश सरकारबाट १ करोड बढि लगानी भइसकेको छ भने सुरुवाती चरणमा दमक नगरपालिकाले ३० लाख लगानी पनि गरिदिएको थियो ।

 

चालु आर्थीक वर्षमा कोशी प्रदेश सरकारले करिव ७० लाख रुपैँया बजेट बिनियोजन गरेको छ । सो बजेट ट्राफिकको प्रदेश कार्यालय मार्फत वा हेड क्वाटर मार्फतनै काम हुने गरि बजेट पठाउने र यो आर्थीक वर्षभित्रमा यसको निर्माण गर्ने काम सम्पन्न गर्ने तयारी रहेको कोशी प्रदेश मुख्यमन्त्री हिकमत कुमार कार्कीका प्रमुख स्वकिय सचिव  जीवन कार्कीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे विरोध

काठमाडौं,१४ साउन । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

काठमाडौं,१४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। स्वास्थ्य तथा

शिव शिखरका साना बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं,१४ साउन। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत फिर्ता

सुरक्षा परिषद् बैठकः सुनसरी घटना र शान्ति सुरक्षाबारे छलफल हुँने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाउनु भएको छ् । परिषद्का अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे