थप अनुसन्धान जारी

धरान–४ को जंगलमा बीभत्स अवस्थामा भेटिएको शवको पहिचान

 

 

झापा /

सुनसरीको धरान–४ को जंगलमा बीभत्स अवस्थामा भेटिएको शवको सनाखत भएको छ ।

मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको पहिचान भएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिह थापाले जानकारी दिए ।

कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँसदाउराका लागि गएका गाउँलेले गत बुधबार पहिलोपटक शव देखेका थिए । थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

बिहीवार अर्को झोलामा जिउ फेला परेको थियो । त्यसपछि प्रहरीले उनको स्केच सार्वजनिक गरेको थियो । सुनसरी प्रहरीका अनुसार सोमबार उनका परिवारका सदस्य आएर मृतक दिपक सिग्देल भएको पुष्टि गरेका हुन ।

एसपी थापाका अनुसार वैदेशिक रोजगारीबाट फर्केका दिपक घरबाट बाहिर हिडिरहने गरेका थिए । यसपटक कहिलेदेखी घरमा सम्पर्कविहीन थिए भन्ने खुलिनसकेको एसपी थापाले बताए । ‘सनाखत भएको छ, थप अनुसन्धान जारी छ’, उनले भने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ओखलढुंगाका दुई दाजुभाईद्वारा सगरमाथा र लोत्से आरोहण

सोलुखुम्बु,१७ जेठ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमाल मध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गर्नु भएको छ । जीवन तामाङले विश्वको

कर्णालीको विकासमा बजेटको प्राथमिकता तर कार्यान्वयनमा आशंका

सुर्खेत,१७ जेठ । संघीय सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा कर्णालीको पूर्वाधार बिकासलाई प्राथमिकता दिएको छ । तर सरकारले बजेटमा ल्याएका योजनाहरुमा बजेट उल्लेख नहुँदा

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि