तरकारीको मुल्य अत्याधीक बृद्धि, उपभोक्ता मारमा, व्यापारी भन्छन् यो मुल्य बढ्नेनै सिजन हो ?

दमक, २१ असोज । दमकको तरकारी बजारमा तरकारीको मुल्य अत्याधीक बृद्धि भएको छ । दैनिक प्रयोग गरिने हरिया तरकारीको मुल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । १५ दिन अघीको तुलनामा अहिले हरिया तरकारीको मुल्य दुई गुना नै बढेको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । तर व्यापारी भन्छन् यो सिजन त मुल्य बढ्नेनै हो नी ।

 

हेर्दा हरिया र ताजा तरकारी बजारमा देखिन्छ तर किन्न गयो सब्जीको मुल्य अत्याधीक बढेको छ । चाडबाडको समयमा हरिया तरकारी उपभोक्तालाई धेरै आवश्यक र्पछ तर यही समयमा दमकमा सब्जीको मूल्य बढेर किनी सक्नु छैन । अहिले बजारमा कतीमा तरकारी खरिद गरियो , कतिमा बेचिदैछ ? कस्तो बेचीदैछ भन्ने कुराको कुनै अनुगमन समेत हुन सकेको छैन । यसरी अनुगमन समेत हुन नसके पछि उपभोक्ता ठगीएको महसुस गरिरहेका छन् । दमक ९ का उपभोक्ता रमेश अधिकारी ।

उपभोक्ता रमेश अधिकारी मात्र होइन लखनपुर कमल झापाकी सुधा पौडेल पनि भन्नु हुन्छ चाडबाडमा एकै चोटी कमाँउ भन्ने उदेश्यले हो कि तरकारीको मुल्य अत्याधीक बढेको छ। उपभोक्ता मारमा परेका छन्। जनप्रतिनिधिले बजार अनुगमन गरिहेका छैनन । बजारको व्यवस्थापन तथा नियन्त्रण गर्न आन्तरीक उत्पादनलाई बढवा दिएर मुल्य तोकी दिदा मात्रै पनि उपभोक्तालाई राहत मिल्ने सुझाव उहाँको छ ।

 

यता व्यापारी भने अहिले तरकारीको मुल्य बढने सिजन रहेको दावि गर्छन । झरिले गर्दा स्थानय तरकारी कम उत्पादन हुनुको साथै बाहिरबाट तरकारी आँउने भएकोले उत्पादन कम र उपभोक्ता धेरै भएकोले तरकारीको मुल्य बढेको दावि गर्नु हुन्छ दमक तरकारी तथा फलफूल व्यवसायी सघंका अध्यक्ष कुमार श्रेष्ठ। अव अहिले झरि पनि रोकियो अलिक दिन पछि तरकारीको मुल्य घट्न सक्ने उहाँको अनुमान छ ।

दशैमा मासु खाएर मुख र्फेन तरकारी किन्न बजार आँउदा दशै अगाडिको तुलनामा तरकारीको मुल्य अत्याधीक बढेको छ । उपभोक्ताको यस्तो अवस्थाको फाईदा उठाएर व्यापारीले मुल्य बढाएका हुन वा व्यापारीले दावि गरे अनुसार अहिले मुल्य बढ्ने नै सिजन हो ? यसबारेमा सरकारी निकायको निष्कृयताले थप अन्यौलता बढाइ रहेको छ । दमक नगरपालिकामा रहेको अनुमगन समिती यस्तो विषम पस्थितीमा अनुगमन गर्न बाहिर निस्केको छैन । जसले गर्दा उपभोक्ता आफु ठगी रहेको महसुस गरीरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु