दमक, २४ असोज । झापा दमक पशुहाटको नालीभित्र मानिसको शव फेला परेको प्रहरीले जनाएको छ ।
दमक –७ पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव फेला परेको छ । अन्दाजी ५०–५५ बर्षका मृतक पुरुषको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकबाट टोली घटनास्थल गई थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको दाहिनेपट्टीको गालामा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
एआइ तस्बीर









