पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ । जनकपुरधाम स्थित पत्रकार महासंघको कार्यालय अगाडि प्लेकार्डसहित धनुषाका पत्रकारहरुले सरकारको धरपकड विरुद्ध मौन विरोध जनाएका छन् ।उनीहरुले ‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने सरकारी रवैया बन्द गर’, ‘समाचार कक्षमा राज्य आतंक र पत्रकारहरु माथिको धरपकड बन्द गर’, ‘मिडिया धरपकड बन्द गर’, ‘पत्रकारलाई थुनेर के पाउँछौं सरकार ? सत्यको आवाज झन हुन्छ हजार’, ‘राज्य आतंक मुर्दावाद’ लगायतका प्ले कार्ड बोकेर मौन विरोध जनाएका छन् ।

 

पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ताले हिजोको घटनाको घोर भत्र्सना गर्नुका साथै राज्यआतंकको संज्ञा दिनु भएको छ। सरकारको प्रस्तुती र सरकारको विज्ञप्ति फरकफरक आउनुले नियोजित षड्यन्त्रमार्फत बौद्धिक पेशाकर्मी माथिको नियन्त्रण त होईन भनेर अध्यक्ष गुप्ताले प्रश्न गर्नु भयो ।उहाँले लोकतन्त्र संस्थागत गर्नका निम्ति पत्रकारमाथिको धडपकड बन्द हुनु पर्ने भन्दै सम्पूर्ण पेशाकर्मीहरुलाई एक जुट भई आवज उठाउन आग्रह गर्नु भयो। पत्रकार र पत्रकारजगत माथि भईरहेको हस्तक्षेपविरुद्ध आवाज उठाउन अध्यक्ष गुप्ताले सबैलाई आग्रह गर्नु भयो ।अध्यक्ष गुप्ताले आज मौन विरोध जनाएतापनि भोलीदेखि केन्द्रिय निर्देशन अनुसार थप विरोध जनाउने जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।

वर्षा र पानी निकासको समस्याले त्रिवि क्रिकेट मैदानमा खेल अनिश्चित

काठमाडौं,१४ कार्तीक । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताँउनु भएको

फेटामा स्वास्थ्य चौकी उदघाटन विवादमा गोली चल्यो, एक जना गम्भीर घाइते

बारा,१४ कार्तीक ।बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले १०

‘पत्रकार पक्राउबारे सत्यतथ्य सार्वजनिक गरी छानबिन होस्’ : विश्वप्रकाश शर्मा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरु माथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्ने बताँउनु भएको छ।शनिबार एक विज्ञप्ति जारी