सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य महासंघ तथा ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई शुभकामना, बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताँउनु भएको हो ।उहाँले भन्नु भयो, ‘हामीले पोजिटिभ चेन्ज ल्याउनै पर्छ र यसको लागि अब हामी सबै एक भएर अगाडि बढ्नुपर्छ। जबसम्म हामी युनाइटेड हुँदैनौँ, तबसम्म पोजिटिभ चेन्ज ल्याउन गाह्रो हुन्छ ।’

 

उहाँले पछिल्लो समय समाजमा भइरहेका गतिविधिले पनि विभिन्न सन्देश दिइरहेको उल्लेख गर्दै आर्थिक गतिविधिलाई केन्द्रमा राखेर उद्यमशीलता र व्यवसाय विस्तार गर्नुपर्ने धारणा राख्नु भयो ।उहाँले भन्नु भयो, ‘जहिले पनि राजनीति सबैभन्दा ठूलो नीति भनेर भन्छौँ। हुन त हो तर अहिले आएपछि सबैले महसुस गरेको के हो भने अर्थनीति सबैभन्दा ठूलो नीति हो। जबसम्म हामी इकोनोमिकली साउन्ड हुँदैनौँ, तबसम्म हामीले केही गर्न सक्दैनौँ। त्यसैले अर्थलाई केन्द्रमा राखेर हाम्रो इन्टरप्रेनरसिप र इकोनोमिक एक्टिभिटिजहरू बढाउँदै जानुपर्छ।’प्रधानले अहिले देशमा माग घटेको र व्यवसायीहरूले कठिन परिस्थिति सामना गरिरहेको उल्लेख गर्दै अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनु भयो । उहाँले यसका लागि महासंघ सँधै तयार रहेको बताउँदै निजी क्षेत्रको सहकार्य र एकताबाट मात्रै सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नु भयो ।

 

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष भूमि नन्दन कर्माचार्यले ललितपुरलाई आर्थिक रूपमा सबल र उद्यमशीलताको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न सबै पक्षको साझा दायित्व रहेको बताउनु भयो ।उहाँले ललितपुरको कला, संस्कृति, सम्पदा, परम्परा र उद्यमशीलताको ऐतिहासिक पहिचानलाई थप सुदृढ बनाउनुपर्ने बताउनु भयो ।उहाँले भन्नु भयो, ‘ललितपुर जिल्लाको कला–संस्कृति, सम्पदा र परम्परा र उद्यमशीलताको ऐतिहासिक पहिचान बोकेको जिल्ला हो। यहाँको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उद्योगी व्यवसायीहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ । यस पहिचानलाई अझ सुदृढ बनाउन ललितपुरलाई आर्थिक रूपमा सबल र उद्यमशीलताको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नु हाम्रो साझा दायित्व हो।’उहाँले उद्योग तथा व्यवसायीहरूको हकहित र संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, स्थानीय उत्पादन प्रवद्र्धन, पर्यटन तथा हस्तकलाको विकास, युवा उद्यमीलाई प्रोत्साहन र नयाँ लगानीका अवसर सिर्जना गर्ने दिशामा आफूहरू प्रतिबद्ध भएर अघि बढ्ने बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।