एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी, अध्यक्ष ओलीले प्रतिवेदन पेश गर्ने

काठमाडौँ,२९ असोज । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी ललितपुरको जवालाखेल स्थित भनिमण्डलमा जारी रहेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नु हुन्छ ।

 

सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएका ओली निकट नेताहरूको भनाइ रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै त्यसको पुनस्र्थापनामा जोड दिइ रहेका छन् ।

 

लोकतन्त्र पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने ओलीको जोड रहेको छ । त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरूसँग सहकार्य र जनपरिचालन गर्नुपर्ने विषयलाई पनि ओलीले प्राथमिकताका साथ उल्लेख गरेको स्रोतले बताएको छ।

प्रतिनिधि सभा पुनस्र्थापनाको मागमा जनता सडकमा आउने उहाँको विश्वास रहेको छ । केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्ने एमालेले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन