अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ। विशेषगरी कोशी र बागमती प्रदेशमा भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपहिरोको चेतावनी दिँदै सरकारले सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको चक्रवात उत्तर–उत्तरपश्चिमतर्फ सर्दै गहिरो न्यूनचापीय प्रणालीमा परिणत भई नेपाल प्रवेश गरेको हो। चक्रवातको मूल स्वरूप कमजोर भए पनि यसले ल्याएको मौसमी प्रणाली सक्रिय रहेकाले तत्काल जोखिम नघटेको मौसमविद्हरूको भनाइ छ।

शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा बाक्लो हिमपातको पूर्वानुमान गरिएको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार शुक्रबार अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा अत्यधिक भारी वर्षाको जोखिम छ।

 

शनिबार वर्षा र हिमपातको क्रम जारी रहे पनि दिउँसोपछि यो प्रणाली पश्चिमबाट क्रमशः कमजोर बन्दै जानेछ।आइतबार र सोमबार मौसममा उल्लेख्य सुधार आउनेछ। पहाडी क्षेत्रमा हल्का बदली रहे पनि देशका अधिकांश स्थानमा घाम लाग्नेछ।कृषि क्षेत्रमा वर्षाले काटेको बालीमा ठूलो नोक्सानी पुर्‍याउन सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले किसानहरूलाई कात्तिक १४ गतेसम्म धान नकाट्न र काटिसकेको धान तत्काल सुरक्षित स्थानमा थन्क्याउन आग्रह गरेको छ।

 

पर्यटन तथा पदयात्रा : हिमाली भेगमा हिमआँधी र हिमपहिरोको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा तत्कालका लागि स्थगित गर्न भनिएको छ। यात्रामा निस्किसकेका पर्यटकलाई सुरक्षित आश्रयस्थलमै बस्न निर्देशन दिइएको छ।

यातायात र उडान : पहिरोको जोखिम रहेका राजमार्ग तथा हिमालीरपहाडी सडकमा यात्रा गर्नुअघि स्थानीय प्रशासन र ट्राफिक प्रहरीसँग समन्वय गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ। खराब दृश्यताका कारण हवाई उडानहरू समेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

विपद् प्रतिकार्य कमाण्ड पोस्टले जोखिमयुक्त जिल्लाका विपद् व्यवस्थापन संयन्त्र, स्थानीय तह र सुरक्षाकर्मीलाई खोज, उद्धार तथा राहतका लागि चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३

तिहार नजिकिँदा ३ महिनामै ३ अर्ब बाहिरियो

काठमाडौँ,१३ कार्तीक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसला (ड्राइफ्रुट्स) को किनमेल तीव्र बनेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै

झापामा हाउजी खेलेको आरोपमा सईसहित ४ सशस्त्र प्रहरी कारबाहीमा

झापा ,१३ कार्तीक। जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकायका कर्मचारी नै विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले झापामा कार्यरत ४