फूलको मुल्य : नेपालीको मुल्य उच्च, भारतको सस्तो, तर कसरी चिन्ने ?

फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताहरूको बजारमा घुइँचो लागेको छ।
दमक, ३ कार्तिक । दमकको बजारमा अहिले फूलको कारोबार बढेको छ । किनकी यो फूलकै समय हो । फूलले सजाउने, पुजा गर्ने सबै काममा फूलको प्रयोग गरिने भएकोले फूलको प्रयोग बढेको छ । अर्थात  तिहारका लागि अति आवश्यक सामाग्री मध्ये पर्छ फूल र माला। फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्त्व रहेको पाइन्छ। घर सजाउन देखि पूजा आराधना गर्न यी नै फूलको प्रयोग गरिन्छ । लक्ष्मी पुजाको लागि लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ। कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाइलाई फूलको माला पहि¥याउने संस्कृति रहेको छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भन्ने मान्यता अनुरूप भाइटिकामा यसको माला लगाउने चलन रहि आएको छ। परम्परालाई पछयाँउदै फुलको प्रयोग गर्न दमक बजारमा बेच्ने र किन्नेको भिड लागेको छ।
यही मौकालाई कमाउने अवसरको रुपमा दमकका व्यापारीले फूलको कारोबार बढाएका छन् । तर मुल्य पनि बढाएर  । फूल खरिद गरिरहेको अवस्थामा भेटिनु भएकी दमककी बिना बिष्टको अनुभवमा व्यापारीले दुई तरिकाले फूल बेचिरहेका छन् । एउटा स्वदेशी  फूल अर्थात नेपालकै अर्गानिक फूल भनेर महगोमा बेचिरहेका छन् । अर्को चाहि भारतबाट आएको हो भन्दै नेपाली भन्दा कम मुल्यमा बेचिरहेका छन् । उहाँका अनुसार नेपाली फूलबाट बनेको मालाको मुल्य १ सय ५० रुपैँया छ भने भारतबाट आएको फूलको त्यत्रै माला १ सय रुपैँया भन्दै व्यापारीले बेचिरहेका छन् ।
फूल नकिनौ यो फूलकै चार्ड हो । फूल किनौ मुल्य सुनीनसक्नुको छ । झापाको शिवसताक्षी स्थित शिबगञ्ज बजारबाट फूल किन्नै भनेर दमक आउनु भएका राम चौधरी बजारमा फूलको मुल्य सुनेर तर्सेको प्रतिकृया दिनु हुन्छ । पसलै पिच्छे मुल्य समेत फरक फरक रहेकोले उपभोक्तामा दुविधा मात्रै नभएर ठगीन सक्ने समेत उहाँले चिन्ता व्यक्त गर्नु भयो ।
किन महगो भएको भनेर व्यापारीलाई सोध्यो भने सामान्य जवाफ आउछ हामीले पनि महगोमा किनेका हौ । अनी अव दुई दिनमा व्यापार भएन भने सबै नष्ट हुन्छ  । यसरी जोखीम मोलेर व्यापार गरिरहेकोले सुन्दा महगो जस्तो देखिएपनि पहिलाका वर्षको तुलनामा धेरै महगो नभएको दावि दमकका फूल व्यवसायी मणीलाल मण्डलको तर्क छ ।
नेपाली फूलले मात्रै बजारलाई नधान्ने देखिएको छ। विदेशी फूल आयातमा रोकले झनै कालोबजारी बढेको उपभोक्ताहरूले बताएका छन्। प्लाष्टिकको फूल बेच्न सरकारले प्रतिबन्ध लगाएको भएपनि यसको समेत कार्यान्वयन देखिदैन ।  उनीहरूले बजार अनुगमनको पनि खाँचो औंल्याएका छन्। फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताहरूको बजारमा घुइँचो लागेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु