घटनाबारे अनुसन्धान जारी

किरा परेको अवस्थामा घरभित्रै भेटियो भुटानी शरणार्थीको शव

 

 

 

 

मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भुटानी शरणार्थी शिविरमा आफ्नै घरभित्र एक जना पुरुष शुक्रबार मृत फेला परेका छन्।

किरा परेको र कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा शरणार्थी शिविर सेक्टर नम्बर सी (२)मा बस्दै आएका ४० वर्षीय दलबहादुर मगरको शव भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा घरभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।

मगरको मृत्यु कहिले भएको हो भन्ने यकिन हुन नसकेको उनले बताए। शवको पोस्टमार्टम उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष सागर राईका अनुसार मृत फेला परेका मगरको परिवारका सदस्य अमेरिकामा छन्। मगर घरमा एक्लै बस्थे। ‘परिवारका सदस्य अमेरिकामा रहेकाले घरमा एक्लै बस्दै आएका मगर घरभित्रै मृत भेटिएका हुन्,’ वडाध्यक्ष राईले भने, ‘शव किरा परेको र सडेर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको छ।’

डीएसपी मुकारुङले शवको प्रकृति हेर्दा एक साताअघि नै मृत्यु भएजस्तो देखिने बताए। ‘घटना कहिले भएको हो भन्ने यकिन हुन बाँकी छ,’ उनले भने, ‘मृत्युको कारण पनि खुल्न सकिरहेको छैन।’ घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै मुकारुङले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण प्रष्ट हुने जानकारी दिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन, तीन दिन शोक घोषणा

काठमाडौं,१३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना