चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी प्रशंसा भइरहे पनि उहाँले भने कुनै प्रचार वा सम्मानको अपेक्षा नगरी चुपचाप घटनास्थल छाडनु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घटना यसै महिनाको सुरुवाततिर भएको हो । अवकाशप्राप्त लिउ डेफाङ नदी किनारमा हिँडिरहेका बेला एक युवक नदीमा संघर्ष गरिरहेको देख्नु भयो। नदीमा मौसमी बाढीका कारण पानीको गहिराइ करिब तीनदेखि चार मिटर थियो ।

युवक डुबिरहेको देखेपछि लिउले एकछिन पनि ढिला नगरी लाइफबोय समातेर नदीमा हाम फाल्नु भयो। उहाँले करिब आधा घण्टासम्म संघर्ष गर्दै युवकलाई किनारतर्फ तानिरहनु भयो। अन्ततः नदी किनारमा रहेका अन्य मानिसको सहयोगमा उहाँले युवकलाई सुरक्षित बाहिर निकाल्न सफल हुनु भयो । उद्धार गरिएका युवकले आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ । लिउले आफ्नो ज्यानको जोखिमसमेत बेवास्ता गर्दै उहाँको जीवन बचाउन सफल हुनु भएको हो । उद्धारपछि युवक सुरक्षित भएको थाहा पाएलगत्तै लिउ भिजेको लुगामै चुपचाप घर फर्किइनु भयो् । उहाँले आफूले गरेको कामलाई सामान्य मान्दै कुनै प्रशंसा वा ध्यान आकर्षित गर्न चाहनु भएन।

 

घटनाका प्रत्यक्षदर्शीहरूले भने उहाँको साहसप्रति आश्चर्य व्यक्त गरेका छन्। प्रत्यक्षदर्शी वाङ हुइहुआले भन्नु भयो, ‘मैले घटनाको भिडियो बनाएर प्रहरीलाई देखाएँ । म उहाँको धेरै सम्मान गर्छु । म उहाँभन्दा धेरै कान्छो हुँ, तर मलाई पौडिन आउँदैन र पानीमा पस्न डर लाग्छ ।’ घटनाको भोलिपल्ट प्रहरीले लिउको पहिचान गरी उहाँको घरमै पुगेर धन्यवाद दिएको थियो । त्यसपछि नदी किनारमा फर्किएर घटनाबारे स्मरण गर्दै लिउले आफूले तत्काल मानिसको जीवन बचाउने सोच मात्रै राखेको बताउनु भयो।

‘मैले नदीमा मानिस डुबिरहेको देख्दा दुई पटक सोचिनँ । प्रत्येक सेकेन्ड महत्वपूर्ण थियो । जति छिटो उद्धार गर्न सक्यो, बाँच्ने सम्भावना त्यति नै बढी हुन्छ भन्ने लाग्यो। त्यो बेला मैले आफ्नो सुरक्षाबारे सोचिनँ, केवल उनलाई बचाउन चाहन्थें,’ लिउले भन्नु भयो । ७१ वर्षको उमेरमा पनि देखाएको उहाँको साहस र निस्वार्थ भावनाको अहिले चीनभर प्रशंसा भइरहेको छ । सीसीटीभी प्लस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी