नागरिकमा डर भरिएको छ ‘हामी साथमा छौ भन्न मोटरसाईकल र्याली निकाल्ने छौ ’

दमक १३ कार्तिक । विवेश शर्मा भट्टराई । उहाँ नेकपा एमाले दमक नगर कमिटीको सचिवालय सदस्य र जनर्गीय संगठन संयन्त्र समितीको संयोजक हुनुहुन्छ । र यस अघी उहाँ यूवा संघ दमकको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

अहिले उहाँकै नेतृत्वमा दमकमा एमालेले एक हजार बढिको संख्यामा मोटरसाईकल र्याली निकाल्दै छ । कार्तिक १५ गते बिहान ११ बजे दमक चोक स्थित गोर्खा डिपार्टमेण्टमा भेला भएर दमक नगर परिक्रमा गर्ने कार्यतालीका बनाइएको छ । यसबारेमा कुराकानी गर्न भट्टराई उज्यालो खवरको कार्यालयमा आउनु भयो ।

भूमिराज जी हामीले सानो सानो सोचेको मोटरसाईकल र्याली त निकै भव्य हुने भयो ’ भन्नु भयो । त्यसपछि औपचारीक रुपमा उज्यालो खवरको कार्यक्रम सत्य संवादमा उहाँसग हामीले सवाल जवाफ गर्यौ । जेन जी आन्दोलनका क्रममा सबै भन्दा बढि प्रहार एमाले पार्टि र यही पार्टिका नेता तथा कार्यकर्तामाथी प्रहार भयो । तर यस्तो बेलामा सचेत भएर सुध्रने भन्दा पनि प्रतिशोध शैलीमा प्रदर्शन भन्दै मोटरसाईकल र्याली किन आयोजना गर्नु परेको भन्दै प्रश्न गर्यौ ।

यसको जवाफ दिदैै भट्टराईले भन्नुभयो ‘जेन जी आन्दोलनपछि आम नागरिकमा डर र त्रास बढेको छ । राज्य भएको महसुस गर्न सकिएको छैन । प्रहरी र प्रशाषनलाई कमजोर बनाइएको छ । लुटिएका हतियार अझै फिर्ता गराउन नसक्नु र प्रहरीलाई एउटा लौरो समेत दिएर आत्मबल बढाउन नसक्नु अहिलेको सरकारको कमजोरी हो ।

यस्तो बेलामा नागरिकमा गरिरहेको आत्मबललाई बजबुद बनाउन हामीले मोटरसाईकल र्याली गरेका हौ । ’ अनी यसले नागरिकमा सुरक्षाको प्रत्याभूति बढ्न सक्छ कि झन मुठभेड हुने सम्भावनाले अझ सुरक्षा चुनौती बढाउँछ भनेर प्रतिप्रश्न गयौै । त्यसपछि उहाँले के भन्नुभयो ? हेरौ तलको सत्य संवादको भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल

चीनतर्फ ताल फुटेको सूचना, सुरक्षित रहन रसुवाका सीडीओको आग्रह

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी

झापामा बढ्दै जापानी इन्सेफलाइटिस, मेचीनगर बन्यो संक्रमणको ‘हटस्पट’

झापा, भदौ १२ । ६ जनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस९जेई० को थप एकजना संक्रमित देखिएका छन् ।मेचीनगर ६ प्रगति टोलकी ६६ वर्षीया महिलामा बुधवार

बाढीपीडितको पीडामा झापा एकजुट, राहतका लागि धमाधम सहयोग जुट्दै

झापा , भदौ १२ । झापाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पठाउने कार्य सुरु भएको छ । स्थानीय तह, सामाजिक संघ संस्था,

सरकारको निर्देशन : १३ भदौदेखि विश्वविद्यालयका सबै परीक्षा स्थगित

१२ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई