न्यायालय, सुरक्षा संयन्त्र र सत्ताको उच्च तह हल्लाउने बिचौलिया इनम सापकोटा प्रकरण : को हुन् इनम ? कसरी बन्यो सेटिङको सञ्जाल ?

काठमाडौँ,१६ कार्तीक । दमकको वडा नं २ र ५ को सिमानामा रहेको मदनडाँगी सडक । अली धेरै चाहि दमकको भाईरल रोड भनेपछि तपाईले थाह पाउनु हुन्छ । हो यही भाईरल रोडको आम्दा अस्पताल र धनेश्वर चोक अर्थात क्याम्पस मोड तर्फ झर्ने यो चौ बाटो । यही चौ वाटोको कर्नरमै रहेको यो एकतले घर र टिनको छानो लगाएर बनेको यही घर हो इनम सापकोटा हो । जो अहिले देशका प्रधानमन्त्री देखी प्रधानन्यायधीस सम्मलाई घुमाई रहेका छन् ।दमकका एक सामान्य युवक इनम सापकोटाको गिरफ्तारीसँगै यतिबेला नेपालको न्यायिक, प्रशासनिक र सुरक्षा संयन्त्रमा तीव्र तरंग पैदा भएको छ। सर्वोच्च अदालतका न्यायाधीश, सुरक्षा निकायका उच्च अधिकारी, राजनीतिज्ञ र प्रधानमन्त्रीसम्मको नाम दुरुपयोग गर्दै मुद्दा तथा नीतिगत सेटिङ चलाएको आरोपमा उनी पक्राउ परेपछि राज्यको शक्ति केन्द्रहरू हल्लिएका हुन्।

 

को हुन् इनम सापकोटा र उनको पृष्ठभूमि?

पारिवारिक पृष्ठभूमिः वि.सं. २ हजार बाहुन्न मा जन्मिएका इनम झापाको दमक नगरपालिका वडा नं. ५ (साविक वडा नं. १०) का स्थायी बासिन्दा हुन्। उनी नेपाल रेडक्रस र दमक अस्पतालमा हेल्थ असिस्टेन्टका रूपमा कार्यरत राम सापकोटाका एक्ला छोरा हुन्। हाल उनको परिवार काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएको छ।

 

शिक्षा र प्रारम्भिक क्रियाकलापः दमकको मदरल्याण्ड बोर्डिङ स्कूलबाट एसइई उत्तीर्ण गरेपछि उनले ललितपुर स्थित लिटल एन्जल्स स्कूलबाट साइन्समा प्लस टु पढेका थिए। त्यसपछि मेडिकल अध्ययनका लागि भारत गएका उनी दिल्लीमा एमबीबीएस वा हरियाणामा पारामेडिकल अध्ययन गर्न गएको चर्चा छ। दमक वडा नं. ६ मा स्टेशनरी पसल सञ्चालन गर्दै कम्प्युटर र ल्यापटपका माध्यमबाट उनले स्कूल तहदेखि नै बिचौलिया प्रवृत्तिका काम सुरु गरेको बताइन्छ।

उच्च तहसँग पहुँचको विस्तारः भारतमा अध्ययनरत रहँदा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ (हिमालयन बैंकका सञ्चालक प्रभुशमशेर राणा) की छोरीसँग उनको निकट सम्बन्ध स्थापित भएको थियो। चोलेन्द्रशमशेर जिल्ला न्यायाधीश हुँदादेखि नै बनेको यो सम्पर्क उनका लागि न्यायालय छिर्ने मुख्य ढोका बन्यो। पछि उनले राप्रपा नेता तथा निर्माण व्यवसायी विक्रम पाण्डेको परिवारकी कविता पाण्डेसँग काठमाडौंको रोयल प्यालेसमा विवाह गरे। अमेरिकी ग्रिनकार्ड बाहक उनी नेपाल र अमेरिका निरन्तर आउजाउ गरिरहन्थे।

गिरफ्तारी र खुलासा भएका गम्भीर आरोपहरू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटाको मोबाइल तथा डिजिटल उपकरण परीक्षणका क्रममा राज्यका अति संवेदनशील निकायमा उनको गहिरो पहुँच रहेको प्रमाणहरू बाहिरिएका छनः

 

न्यायालयमा सेटिङको प्रयासः सर्वोच्च अदालतसहित विभिन्न तहका अदालतहरूमा विचाराधीन मुद्दा प्रभावित पार्ने उद्देश्यले न्यायाधीशहरूसँग सम्पर्क र संवाद गरेको आरोप उनी माथि छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम जोडिएका च्याट तथा सन्देशका स्क्रिनसटहरू बाहिरिएका छन्।

प्रधानमन्त्रीको नाम दुरुपयोग र आर्थिक मागः सापकोटाले प्रधानमन्त्री वालेन्द्र शाह तथा न्यायिक नेतृत्वको नाम दुरुपयोग गर्दै विभिन्न व्यक्ति तथा न्यायाधीशहरूलाई फोन गर्ने र दबाब दिने गरेको भेटिएको छ। साथै आफ्ना नातेदारका नेपाली तथा अमेरिकी बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरिएका सन्देशहरू समेत फेला परेका छन्। यद्यपि यी स्क्रिनसटहरूको कानुनी आधिकारिकता पुष्टि हुन बाँकी छ।

सुरक्षा निकायमा सूचना चुहावटः सापकोटासँगको सम्पर्क र प्रधानमन्त्रीसहित सुरक्षा निकायका अति संवेदनशील मुभमेन्टसम्बन्धी सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल यसअघि नै कारबाही तथा निलम्बनमा परिसकेका छन्।

 

प्रहरी नेतृत्वमाथि दबाब र विवादः अनुसन्धानको दायरा तन्किँदै जाँदा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई समेत म्यासेज पठाएको विवरण बाहिरिएको छ। उता प्रहरी पोसाक तथा बन्दोबस्तीका सामान खरिद प्रक्रियामा ६० करोड रुपैयाँ बराबरको बजेट विवाद र घोटालाको छानबिन चलिरहेकै बेला आईजीपी कार्कीमाथि पद छाड्न दबाब परिरहेको दाबी स्रोतहरूले गरेका छन्। यसबाहेक पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूसँग पनि सापकोटाको निरन्तर संवाद देखिएको छ।

 

सम्बन्धित पक्षहरूको खण्डन र प्रहरीको भनाइ

जिल्ला प्रहरी परिसर काठमाडौंको धारणाः काठमाडौं प्रहरीले एक विज्ञप्ति जारी गर्दै अनुसन्धान अधिकारीलाई स्रोत बनाएर बाहिर ल्याइएका विवरणप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता दानबहादुर थापाका अनुसार यो मुद्दाको अनुसन्धान पूर्ण रूपमा गोप्य, निष्पक्ष र कानुनी विधिअनुसार भइरहेको छ। प्रहरीले कुनै पनि संवेदनशील प्रमाण वा सूचना बाहिर उपलब्ध नगराएको स्पष्ट पार्दै आधिकारिकता पुष्टि नभएका सामग्रीले भ्रम सिर्जना गर्ने हुँदा यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।

सांसद विश्वराज पोखरेलको खण्डनः रास्वपाका सांसद विश्वराज पोखरेलले विज्ञप्ति जारी गरी इनम सापकोटासँगको चिनजान, भेटघाट वा कुनै पनि आर्थिक लेनदेनको आरोपलाई पूर्ण रूपमा कपोलकल्पित र भ्रामक भनेका छन्। आफूले जीवनमा कहिल्यै कुनै बिचौलियासँग सम्पर्क नराखेको र सापकोटासँग फोन संवादसमेत नभएको स्पष्ट पार्दै उनले व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले यस्ता झुटा सामग्री फैलाइएको बताएका छन्। उनले जिम्मेवार पत्रकारिताको मर्मविपरीत समाचार प्रकाशित भएको भन्दै सच्याउन आग्रह गरेका छन् र कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

न्यायिक निष्पक्षता, सुरक्षा गोपनीयता र प्रशासनिक शुद्धता माथि नै प्रश्नचिह्न खडा गरिदिएको यो बहुचर्चित बिचौलिया काण्डको निष्पक्ष छानबिन र कानुनी निरूपण कुन दिशामा अघि बढ्छ, त्यसले नेपालको सुशासनको वास्तविक अवस्था तय गर्ने देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाल र स्विट्जरल्यान्डका संसदीय अध्यक्षबीच भेटवार्ता

काठमाडौं,१६ कार्तीक । सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको

झापामा भारतीय र प्लास्टिकका फूलमा रोक : स्थानीय उत्पादनलाई प्राथमिकता, अटेर गरे कारबाही

झापा,१६ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट हुने अवैध फूलको आयात र प्लास्टिकका कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

न्यायालय, सुरक्षा संयन्त्र र सत्ताको उच्च तह हल्लाउने बिचौलिया इनम सापकोटा प्रकरण : को हुन् इनम ? कसरी बन्यो सेटिङको सञ्जाल ?

काठमाडौँ,१६ कार्तीक । दमकको वडा नं २ र ५ को सिमानामा रहेको मदनडाँगी सडक । अली धेरै चाहि दमकको भाईरल रोड भनेपछि तपाईले थाह पाउनु

न्यायाधीशहरू माथि लागेको घुस आरोपमा सर्वोच्चको ‘फूलकोर्ट’ निर्णयः निष्पक्ष छानबिन गर्न माग, ५ मुख्य बुँदा सार्वजनिक

काठमाडौँ,१६ कार्तीक । प्रधानन्यायाधीश तथा न्यायाधीशहरू जोडिएको घुसकाण्डबारे सञ्चारमाध्यममा आएका समाचारप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार बसेको सर्वोच्चको पूर्ण (फूलकोर्ट) बैठकले संविधानको सर्वोच्चता

दमकमा भन्सार छलीका फूल र प्लास्टिकका फूल बिक्री गरे जफत गरिने, सिटी रिक्साको पार्किङ र भाडामा पनि कडाइ

दमक, १६ कात्तिक । झापाको दमक नगरपालिकाले भन्सार छली गरी भित्र्याइएका फूल तथा प्लास्टिकजन्य फूल बिक्री–वितरण गरेको पाइएमा जफत गरी नष्ट गर्ने निर्णय गरेको छ।

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ,१६ कार्तीक । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बस्नु भएको वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै कांग्रेसद्वारा संसदीय छानबिनको माग

काठमाडौं,१६ कार्तीक । नेपाली कांग्रेसले पत्रकार माथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको