चक्रवात “मोन्था” के हो

दमक, १४ कार्तिक | बङ्गालको उपसागरमा विकसित भएको शक्तिशाली उष्णकटिबंधीय चक्रवात “मोन्था” अहिले सक्रिय अवस्थामा छ । भारत र म्यानमारको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ भने, नेपालका पूर्वी र मध्य भेगमा पनि यसका अप्रत्यक्ष असर पर्ने सम्भावना मौसमविद्हरूले बताएका छन् ।

 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार “मोनथा” बङ्गालको उपसागरबाट उत्तर–पूर्व दिशातर्फ सर्दैछ । यसले ठूलो मात्रामा तातो र आद्र्र वायुमण्डलीय हावा नेपालतर्फ ल्याउने भएकाले पूर्वी पहाडी र तराई क्षेत्रमा हल्का देखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको छ ।

 

चक्रवातको केन्द्र बङ्गालको तट नजिक रहँदा त्यहाँको समुद्रमा हावाको वेग प्रतिघण्टा १५० किलोमिटरभन्दा माथि पुगेको छ । भारत, बंगलादेश र म्यानमारका तटीय क्षेत्रमा अहिले उच्च सतर्कता जारी गरिएको छ । समुद्र किनारका बासिन्दालाई सुरक्षित ठाउँमा सारिँदैछ ।

 

 

नेपालका पूर्वी जिल्लाहरू झापा, मोरङ, सुनसरी, इलाम, ताप्लेजुङ, र धनकुटामा आगामी दुई दिन वर्षा र चट्याङको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । स्थानीय प्रशासन र विपद् व्यवस्थापन समितिहरूलाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

 

 

मौसमविद्हरूका अनुसार “मोनथा” अत्यन्त तीव्र शक्ति भएको चक्रवात हो, जसको उत्पत्ति बङ्गालको गर्म समुद्री सतहमा भएको हो । यस्तो चक्रवातले हावाको तीव्र बहाव, मुसलधारे वर्षा र समुद्री तटीय क्षेत्रमा ठूलो क्षति पु¥याउने गर्दछ ।

 

 

नेपालमा यसले ठूलो क्षति पु¥याउने सम्भावना नभए पनि, मौसममा उल्लेख्य परिवर्तन ल्याउने देखिएको छ । कृषकलाई विशेष सावधानी अपनाउन, नदी र खोला आसपासका क्षेत्रमा सतर्क रहन, र आवश्यक परे स्थानीय निकायको सूचनालाई पालना गर्न विज्ञहरूले आग्रह गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय