चक्रवात “मोन्था” के हो

दमक, १४ कार्तिक | बङ्गालको उपसागरमा विकसित भएको शक्तिशाली उष्णकटिबंधीय चक्रवात “मोन्था” अहिले सक्रिय अवस्थामा छ । भारत र म्यानमारको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ भने, नेपालका पूर्वी र मध्य भेगमा पनि यसका अप्रत्यक्ष असर पर्ने सम्भावना मौसमविद्हरूले बताएका छन् ।

 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार “मोनथा” बङ्गालको उपसागरबाट उत्तर–पूर्व दिशातर्फ सर्दैछ । यसले ठूलो मात्रामा तातो र आद्र्र वायुमण्डलीय हावा नेपालतर्फ ल्याउने भएकाले पूर्वी पहाडी र तराई क्षेत्रमा हल्का देखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको छ ।

 

चक्रवातको केन्द्र बङ्गालको तट नजिक रहँदा त्यहाँको समुद्रमा हावाको वेग प्रतिघण्टा १५० किलोमिटरभन्दा माथि पुगेको छ । भारत, बंगलादेश र म्यानमारका तटीय क्षेत्रमा अहिले उच्च सतर्कता जारी गरिएको छ । समुद्र किनारका बासिन्दालाई सुरक्षित ठाउँमा सारिँदैछ ।

 

 

नेपालका पूर्वी जिल्लाहरू झापा, मोरङ, सुनसरी, इलाम, ताप्लेजुङ, र धनकुटामा आगामी दुई दिन वर्षा र चट्याङको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । स्थानीय प्रशासन र विपद् व्यवस्थापन समितिहरूलाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

 

 

मौसमविद्हरूका अनुसार “मोनथा” अत्यन्त तीव्र शक्ति भएको चक्रवात हो, जसको उत्पत्ति बङ्गालको गर्म समुद्री सतहमा भएको हो । यस्तो चक्रवातले हावाको तीव्र बहाव, मुसलधारे वर्षा र समुद्री तटीय क्षेत्रमा ठूलो क्षति पु¥याउने गर्दछ ।

 

 

नेपालमा यसले ठूलो क्षति पु¥याउने सम्भावना नभए पनि, मौसममा उल्लेख्य परिवर्तन ल्याउने देखिएको छ । कृषकलाई विशेष सावधानी अपनाउन, नदी र खोला आसपासका क्षेत्रमा सतर्क रहन, र आवश्यक परे स्थानीय निकायको सूचनालाई पालना गर्न विज्ञहरूले आग्रह गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।