६३ वर्षीय वृद्धले गरे १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

 

 

विराटनगर । बालिकाले लगाएको बेल्ट र कडीको पहिचानपछि मोरङको लेटाङ–८ ज्यामिरेकी १२ वर्षीय करुणा राईको बलात्कारपछि हत्या गर्ने आरोपी पत्ता लगाएको छ । हत्यामा संलग्न ६३ वर्षीय दिपक गिरीलाई आज जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले आरोपी पत्ता लगाउन दशी प्रमाणको रुपमा पहिलोपटक बेल्ट र कडी फेला परेको बताए ।

‘बालिका घर फर्कने बाटोमा जङ्गल छेउमा खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटम, फरकको खीपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा फेला परेको र सो नजिकै लाइटर समेत फेला परेको थियो,’ जिसीले भने,‘सोही आधारमा शंका लागेर गिरीलाई सोधपुछ गर्ने क्रममा बयान दिएको र बालिकाको शव फेला परेको हो ।’

‘बालिकाको घरदेखि ३ किमि दक्षिण लेटाङ नगरपालिका–८ लाल हिरा सामुदायिक वनमा बालिकको शव ढुङ्गाले छोपेको अवस्थामा फेला परेको थियो,’ जिसीले भने, ‘बाटोमा एक्लै देखेर बालिकालाई पछ्याउँदै गएर बीच जङ्गलमा पुगेपछि बालिकालाई फकाई फुल्याई गरी जङ्गलबीच भित्रको बाटोबाट जाँदा छोटो पर्छ यताबाट जाउँ भने पछि बालिका समेत पछि लागिन् ।’

केही पर पुगेपछि गिरीले बालिकालाई शारीरिक सम्पर्कको लागि प्रस्ताव गर्दा अस्वीकार गरेपनि बालिकालाई जबर्जस्ती करणी गरेको पाइएको प्रहरीको भनाइ छ । ‘जबर्जस्ती करणीपछि सो कुरा बुबालाई भन्दिन्छु भन्दै बालिका भाग्न खोजेकी थिइन्,’ उनले भने, ‘पोल खोल्न सक्ने डरले नीज बालिकालाई जमिनमा लडाई घाँटी थिच्दै मुख थुनेर हत्या गरेर सोही स्थान नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको पाइयो ।’

गिरीले शव छोपेपछि बालिकाको सबै लुगा कपडा र जुत्तासमेत आफैले बोकेर ल्याई आफ्नै घर पछाडि रहेको खोल्सीमा जलाएर घर फर्केको प्रहरीको भनाइ छ । गिरीलाई कर्तव्य ज्यान र जवरजस्ती करणी मुद्दामा आजै मोरङ अदालतमा म्याद थप गरिसकिएको छ । उनलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ बमोजिम जन्म कैद हुनसक्ने जिसीले बताए । गत बुधबार स्कुलबाट फर्कने क्रममा गिरीले बालिकालाई बाटैबाट बेपत्ता पारेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।