इन्ट्रा गोल्डकपलाई नगरले साढे ७ लाख दिने

पथरी शनिश्चरे, कार्तिक २० / मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा जारी इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको लागि आवश्यक पहिलो र दोस्रो नगद पुरस्कार राशि व्यवस्थापन गर्ने भएको छ ।

 

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यपालिको पछिल्लो बैठकले प्रतियोगिताको पहिलो र दोस्रो पुरस्कारको नगद राशि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

 

बैठकले नगरमा ग्राभेलको दररेट १ हजार १ सय ८० प्रतिघनमा निर्धारण गर्ने, मालपोत कार्यालय र स्थानीय जग्गा दररेट फरक परेर नागरिकले पाएको सास्तीलाई हल गर्न दररेट समायोजन गरिने, पथरी नगर अस्पतालको नयाँ भवनबाट सेवाप्रवाह गर्न निर्माण सम्पन्न भएको भवन ठेकेदार कम्पनीलाई फरफराकका लागि पत्राचार गरिने लगायतका निर्णय गरेको छ ।

 

यस्तै, निर्वाचन आयोगबाट प्राप्त पत्रमा नगरपालिकाको मतदान स्थलहरू साविककै स्थानलाई कायम गरिने, जेनजी आन्दोलनको समयमा जोखिम मोलेर नगरपालिकाको एम्बुलेन्स, दमकल, शब वाहन, फोहोर उठाउने गाडी लगायतका यातायातका साधनलाई जोगाउने चालक र नगर प्रहरीहरुलाई सम्मान गरिने, पाक्न लागेको धानबालीमा भएको क्षतिको विवरण संकलन गरी प्रदेश सरकार र संघीय सरकार समक्ष क्षतिपूर्ति माग गर्ने पनि निर्णय भएको छ ।

 

जेनजी आन्दोलनका क्रममा नगरपालिका र वडा कार्यालयमा भएको क्षतिको विवरण राष्ट्रिय योजना आयोगमा पठाउने, नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुलाई तत्कालका लागि आवश्यक कम्प्युटर र प्रिन्टर खरिद गर्ने समेत निर्णय बैठकको छ । संघीय सरकारले बजेटको विस्तृत जानकारी पठाएपछि नगरपालिकाको विशेष नगरसभा गरिने र पथरी बजार र भित्रका बाटोहरुलाई यातायात सहज बनाउन एकतर्फी सञ्चालनको योजना बनाउने सल्लाह गरिने लगायतको निर्णयहरु गरिएको नगर प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन