भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य अगस्ट १ देखि लागू हुने गरी नयाँ दिल्लीमा २०२ भारतीय रुपैयाँ र कोलकातामा २०० भारतीय रुपैयाँले घटाइएको हो । मूल्य समायोजनपछि कोलकातामा १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य १ हजार ७५२.५० भारतीय रुपैयाँ कायम भएको छ । घरेलु प्रयोजनका लागि प्रयोग हुने एलपीजी सिलिन्डरको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।

 

भारतमा पछिल्ला केही महिनादेखि व्यावसायिक एलपीजीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ । जुलाई १ मा पनि १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य १८५.५० रुपैयाँले घटाइएको थियो । यसअघि अप्रिलमा १९५.५० रुपैयाँ र जनवरीमा ११ रुपैयाँले मूल्य बढाइएको थियो । घरेलु एलपीजीको मूल्य भने जुनमा २० रुपैयाँ र मार्चमा ५० रुपैयाँले बढाइएको थियो । भारतमा व्यावसायिक एलपीजीको मूल्य घटे पनि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा भने तत्काल नपर्ने देखिएको छ । नेपालमा खाना पकाउने ग्यासको मूल्य भारतीय बजारको खुद्रा मूल्यका आधारमा नभई नेपाल आयल निगम (एनओसी) ले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त गर्ने मासिक खरिद मूल्यका आधारमा निर्धारण हुने गर्छ ।

 

हाल नेपालमा १४.२ किलोग्राम क्षमताको एलपी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य प्रतिगोटा १ हजार ९१० रुपैयाँ कायम छ । नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा नाफा कमाइरहे पनि एलपी ग्यासमा भने अझै घाटा व्यहोर्दै आएको जनाएको छ । निगमका अनुसार एलपी ग्यासमा प्रतिसिलिन्डर घाटा क्रमशः घट्दै गए पनि मूल्य समायोजनका लागि समग्र पेट्रोलियम व्यवसायको वित्तीय अवस्था र आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीलाई आधार बनाइन्छ ।

 

भारतमा व्यावसायिक एलपीजी सस्तो हुँदा होटल, रेस्टुरेन्ट, क्याटरिङ तथा साना उद्योग व्यवसायको लागत घट्ने अपेक्षा गरिएको छ । नेपालमा पनि पर्यटन तथा सेवा क्षेत्र विस्तारसँगै व्यावसायिक ग्यासको खपत बढ्दै गएकाले अन्तर्राष्ट्रिय बजारमा एलपीजी मूल्य घट्ने क्रम जारी रहे आगामी महिनाहरूमा निगममाथिको घाटा चाप कम हुन सक्ने अनुमान गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय