झापा महिला गोल्डकपको क्वार्टर फाइनलसम्म ११ लाख ४५ हजारको टिकट बिक्री

हरेका दिन दुईजना दर्शकलाई भागयशाली उपहारको व्यवस्था

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षी स्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।

 

प्रतियोगिता हेर्न स्थानीयदेखि आसपासका जिल्लाबाट दर्शकहरूको रंगशालामा उपस्थित भएको छ । महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीहरूको प्रतिस्पर्धाले दर्शकको आकर्षण झनै बढाएको छ ।

आयोजक झापा महिला फुटबल प्रतियोगिता समितिका अध्यक्ष सन्तोष थोप्राले भने, “दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ । महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य हो । टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिनेछ ।” टिकट बिक्री विवरणअनुसार क्वार्टर फाइनलको ३ खेलको टिकटबाट ९ लाख ७० हजार रुपैयाँ र अन्तिम क्वार्टर फाइनलको टिकटबाट १ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ ।
प्रतियोगिताको सुरुवाती चरणमै रंगशाला भरिभराउ हुने अवस्था देखिएको थियो । विशेषगरी विभागीय टोलीले खेलेका खेलमा दर्शक संख्या उच्च रहेको थियो । मैदानमा परिवारसहित आएका स्थानीय दर्शकदेखि फुटबलप्रेमी युवासम्मको उपस्थितिले दुधेलाई उत्साहित फुटबल माहोलले भरिएको बनाएको छ ।
आज र भोलिको सेमिफाइनल खेलमा दर्शकका लागि टिकट दर सामान्यतर्फ २०० र ३०० रुपैयाँ तथा भिआइपीतर्फ १,००० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । हरेका दिन दुईजना दर्शकलाई भागयशाली उपहारको व्यवस्था गरिएको छ ।
विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिता फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।