सलहेस फुटबल क्लब सिराहाले २ गोल गर्दै दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२ को उपाधि चुम्यो

पथरी शनिश्चरे समाचारदाता,कार्तिक –२३ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप –२०८२ अन्तर्गत आज भैरहेको फुटबल प्रतियोगिताको फाईनलमा आयोजक पथरी ११ फुटबल क्लबलाई पराजित गर्दै सलहेस फुटबल क्लबले उपाधि चुम्न सफल भएको हो।

 

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा आज सम्पन्न भएको पथरी शनिश्चरे गोल्डकप –२०८२ को फाईनलमा सलहेस फुटबल क्लबले उपाधि चुमेको हो। सलहेस फुटबल क्लबले आयोजक पथरी ११ फुटबल क्लबलाई १ का विरुद्ध २ गोल गर्दै २ उपाधि जितेको हो। निर्धारित समयको १८ मिनेटमा आयोजक पथरी ११ फुटबल क्लबले पेनाल्टी सुट मार्फत धिरेन क्षेत्रीले प्रहार गरेर पहिलो गोल गरेका छन्।

सलहेस फुटबल क्लबका ५७ औं मिनेटमा जय गुरूङले पेनाल्टी सुट मै एक गोल फर्काए पछि खेल बराबरीमा रोकेका थिए। यसैगरी, सलहेसकै खेलाडी समीर तामाङले ६८ औं मिनेटमा अर्को गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता लिएका थिए। आज सलहेस फुटबल क्लबका खेलाडी जय गुरूङ म्यान अफ दि म्याच घोषित भए।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी युकेश तामाङ, उदयमान खेलाडी समीर क्षेत्री , सर्वाधिक गोलकर्ता विल्सन रिचार्ड, आदि घोषित भए।

सलहेस फुटबल क्लबले नगद ५ लाख रुपैयाँ नगद सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता पथरी –११ फुटबल क्लबलाई २ लाख ५० हजार रूपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ।
उक्त प्रतियोगिताको मोरङ निर्वाचन क्षेत्र नं ३ का निवर्तमान सांसद डा सुनिल शर्माले पानसमा बत्ती बालेर र बेलुन उडाएर उद्घाटन गर्नुभएको छ।
उद्घाटन गर्नुहुँदै डा सुनिल शर्माले नेपाली क्रिकेट लगायतका विभिन्न खेलहरूमा पछिल्लो समयमा निरन्तर उन्नति गरीरहेको चर्चा गर्नु हुँदै उहाँले पथरी शनिश्चरे नगरको स्थानीय खेल विकास गर्न आफ्नो तर्फवाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्घाटन हुनु अगाडि विभिन्न जातजाति र समुदायले आ–आफ्नो सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेको थिए ।उक्त प्रतियोगिताको मध्यान्तरमा–भ्वाइस अफ किड्सका फाईनालिस्ट निश्चल लिम्बुले – ’ रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ’ बोलको राष्ट्रिय गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन