एमालेको राष्ट्रिय भेला आजबाट सुरु ,अध्यक्ष ओलीले उद्धघाटन गर्न

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना

 

काठमाडौं , २ मंसिर | नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ ।

काठमाडौंको बबर महल स्थित कार्की व्यांकेट विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । भेलाका लागि अधिकांस सहभागी काठमाडौं आइसकेका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डाहरु अनुमोदन गरेको छ ।

जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यन्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए ।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरु,प्रदेश र जिल्लाका पदाधिकारी,पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष,जनसंगठन,केन्द्रीय निकाय,संघीय र प्रदेशका साँसदहरु,स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्ध्घाटन सहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी बरिष्ठ नेता विद्यादेवी भण्डारी,उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको

दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा

विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा

स्थानीय नागरिककोे बलियो आवाज पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा

बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश