जेनजी आन्दोलनपछि पुराना दलप्रति अविश्वास, नयाँ सरकारप्रति पनि असन्तुष्टि बढ्दै

दमक,२४ कार्तिक । भदौ २३ र २४ गते देशभर एकसाथ सुरु भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक इतिहासमा नयाँ पाना खोलेको थियो। नेताहरुले गरेको व्यापक भ्रष्टाचार र सुशासनको अभावविरुद्ध युवा पुस्ताले आवाज उठाएको यो आन्दोलन केवल सडकमा नाराबाजीमा सीमित रहेन, यसले सिङ्गो राष्ट्रको सोच र दिशा नै बदलिदियो।

 

देशभरका सहरदेखि गाउँसम्म एउटै माग गुञ्जिएको थियो, “भ्रष्टाचार अन्त्य होस्, नयाँ सोचको शासन होस्।” आन्दोलनका क्रममा धेरै जेनजीले बलिदान दिए, कतिपय अझै उपचाररत छन्। सार्वजनिक सम्पत्तिमा तोडफोड भयो । महत्वपूर्ण संचरना ध्वस्त भए । आन्दोलनको बलमा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । त्यसको केहि समयपछि जेन्जी समुहको भावना अनुसार पूर्बप्रध्यानायधिस शुसलिा कार्कीको नेर्तृत्मा सरकार बन्यो । तर आन्दोलनको भावना अनुसार बनेको सरकार पनि अपेक्षाअनुसार सफल हुन सकेको छैन। जेनजी आन्दोलनपछि बनेकी प्रधानमन्त्री सुसिला कार्की नेतृत्वको सरकारलाई जनता सुशासनको प्रतीकका रूपमा हेर्थे। उनको नेतृत्वमा भ्रष्टाचार नियन्त्रण हुनेछ, पारदर्शी शासन आउनेछ भन्ने जनअपेक्षा थियो। तर अहिले सरकार बनेको झन्डै दुई महिना बितिसक्दा पनि भ्रष्टाचार नियन्त्रणमा ठोस पहल देखिएको छैन।

 

 

सुसिला कार्कीले विभिन्न स्तरमा सुधारका घोषणा गरे पनि व्यवहारमा ती कदम प्रभावकारी हुन सकेका छैनन्। नागरिक समाज देखि जेनजी समूहसम्मले सरकारले भ्रष्टाचारका विरुद्ध कडा कदम नचालेको आरोप लगाइरहेका छन्। त्यस माथि, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरण पनि अनुकूल बन्न सकेको छैन। निर्वाचन नजिकिँदै गर्दा देशभर मतदाता सूची, उम्मेदवार छनोट र सुरक्षाको तयारीबारे अन्योल छ। यसले फेरि जनताको मनमा सरकारप्रति अविश्वास बढाएको छ। हाल त जेनजी आन्दोलनका अगुवाहरु नै वर्तमान सरकारप्रति असन्तुष्ट हुँदै पुनः आन्दोलनको तयारीमा जुटिरहेका छन्।राज्यको संरचनामा केही परिवर्तन भए पनि जनजीवनमा सुधार आएको छैन। देश विकासको गति स्थिर छ, बेरोजगारी र महँगीले जनतालाई चापमा पारेको छ। जसकारण नागरिहरु पुनः आक्रोशित बन्दै गएका छन्।

 

दमक–९ का टिका राम ओली जेनजीले देशलाई नयाँ दिशा दिने सपना देखेपनि त्यसपछि खासै परिवर्तन हुन नसकेको बताउनुहुन्छ । पुराना दलकै नेतृत्वका कारण बर्तामान सरकार पनि काम गर्न नसकेको उहाँको दाबी छ ।

जेनजी भाइबहिनीले देशको लागि ज्यान दिए, तर पुराना दलका नेताहरुले त्यो बलिदानको कदर नगरेको धारणा छ , दमक दमक–४ का आशिकको ।देशलाई अब नयाँ सोच भएका युवाले चलाउनुपर्ने उहाँले बताउनुभयो ।

आन्दोलनका क्रममा बालबालिकााले ज्यान गुमाए,तर आन्दोलनको सार घुसपैठले बिगा¥यो भन्ने लाग्छ उर्लाबारीको लक्ष्मी बराईलीलाई उहाँ पनि पुराना दल र नेताहरुप्रति कडा आक्रोश व्यक्त गर्नुहुन्छ ।

जेनजी आन्दोलन पछि नागरिक मनोविज्ञानमा ठुलो परिवर्तन आएको छ।नेता भन्ने शब्द नै आक्रोशको पर्याय बनेको छ। पुराना दलका नेताहरुप्रति विश्वास गुम्दै गएको छ, र देशले नयाँ पुस्ताको नेतृत्व खोजि रहेको स्पष्ट देखिन्छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको