दमक खानेपानी तथा सरसफाई उपभोक्ताको २९ औ साधारणसभा हुँदै, यस्तो छ अहिलेसम्मको प्रगति

  1. दमक, २७ कार्तिक । दमक १ मा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले शुक्रबार आफ्नो २९ औ साधारणसभा मनाउँदै छ । यसको पूर्वसन्ध्यामा सस्थाले आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

अध्यक्ष रवि न्यौपाने (केसी) सहित अन्य पदाधिकारी, कार्यसमिती सदस्य, लेखा समिती, कर्मचारी तथा पत्रकारहरुको उपस्थितीमा प्रतिवेदन सार्वजनीक गरिएको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा सस्थाले यसभन्दा अघी सञ्चालन गर्दै आएका केहि काममा परिमामर्जन गरि उपभोक्तामैत्री सस्था बनाउन महत्वपूर्ण निर्णय गरी कार्यान्वायन गरिरहिएको उल्लेख गरिएको छ ।

अध्यक्ष केसीले प्रतिवेदन वाचन गर्दै भन्नुभयो यस भन्दा अघी धारा जडानमा लिइदै आएको १५ हजार ३ सय रुपैँया शुल्कलाई घटाएर १२ हजार ३ सय रुपैँयामा झारेका छौ, क्षेत्रगत आधारमा हरेक क्षेत्रमा ५ घरलाई पूर्णरुपमा निशुल्क धारा र १५ घरलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

 

यस सस्था मार्फत अहिले दमकमा १३ हजार ८ सय ८९ घरमा धारा जडान गरिएको छ । यी मध्ये बिभिन्न १२ सार्वजनीक स्थानमा, ५० प्रतिशत छुटमा ६३ वटा, निशुल्क रुपमा २८ वटा धारा जडान गरिएको छ । यद्यपी यी मात्रै पनि दमकका उपभोक्ताकालागी पर्याप्त नभएको भन्दै अझै खानेपानीको पाईप विस्तार गर्ने र खानेपानी जडान गर्ने कार्यक्रम अघी बढिरहेको छ ।

यसकालागी शहरी खानेपानी आयोजना र दातृ निकाय एडिबीको साझेदार लगानीमा ४ सय ५० घनमिटरको ओभरहेड टैंकी, १ सय ७० किलोमिटर पाईप बिस्तार, वोरिङ फिल्टर, भल्व च्याम्वर, कार्यालय भवन निर्माण लगायत काम गर्न १ अर्वको अनुमान गरि बजेट पेष गरेको र त्यो स्विकृृत भइ सन् २०२५ भीत्र यी काम गर्नकालागी बोलपत्र समेत आह्वान हुने गरी काम अघी बढिरहेको पनि अध्यक्ष केसीले जानकारी दिनुभयो ।

 

यस सस्थाले वार्ड ९ र १० का उपभोक्ताकालागी समेत स्वच्छ खानेपाने पुर्याउन पाईपलाईनको काम धमाधम गरिरहेको समेत उल्लेख गरिएको छ । यसकालागी गरिएको डिपिआर अनुसार ती क्षेत्रमा पाईप विस्तार गर्न मात्रै १५ करोड रुपैँया बजेट लाग्ने र त्यसलाई अहिले तीन करोड रुपैँयाको काम गरी बाँकी काम क्रमागत रुपमा गर्दै जाने गरी कार्यान्वायन समेत भइरहेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको