उस बेलाको आन्दोलन र अहिलेको जेन जी आन्दोलनको फरक र पारेको प्रभाव कस्तो ?

ती भुक्तभोगीका यी अनुभव समेटिएको रिपोर्ट

दमक, २७ कार्तिक । देश परिर्वतनको नाममा धेरै आन्दोलन भयो। २००७ सालमा, २०४६ सालमा, माओवादीको जन आन्दोलन जस्ता धेरै आन्दोलन भयो । आन्दोलनबाट देशमा परिर्वतन पनि भयो । आन्दोलन भएको लामो समय पछि जेनजी नाम दिएर २०८२ साल भदौ २३ गते जेनजी आन्दोलन सुरु भयो। सामाजीक सञ्जाल बन्द भएका कारण र नेताले देशमा भ्रष्ट्रचार गरेकोले यि कुरालाई मुख्य विषय बनाएर जेनजी आन्दोलन सुरु भयो ।

 

शान्तिपुर्ण आन्दोलन गर्न जेनजीले खोजे पनि पहिलो दिन आन्दोनमा परि जेनजिको मृत्य भए पछि आन्दोलनले भयानक रुप लियो। भदौ २४ गते आन्दोलनको समयमा देश धुवाले ढाक्यो, सार्वजनीक भवन जल्यो, नेताको घर जल्यो , सरकार परिर्वतन भयो । धेरै जेनजीको मृत्यु भयो । जेनजी आन्दोलन अरु आन्दोलन भन्दा छोटो समय भयो तर धेरै घटना भयो । देशमा भएको सबै आन्दोलन देशको भ्रष्टचार अन्त्यको विषयमा जोडीएको छ । २००७ साल देखी २०८२ सालको समयसम्म भएको आन्दोलन विच ज्यष्ठ नागरिकाले के भिन्नताको महसुस गरेका छन् । आजको यो रिपोर्टमा ती अनुभव र यी भोगाई समेटेर सुनाउने छौ ।

दमक ८ का विष्णु प्रसाद कट्टेल । उहाँ २००७ सालको आन्दोलनको साक्षी हुनुहुनछ । २०४६ सालको आन्दोलनको भुक्तभोगी हुनुहुन्छ । अनी २०८२ सालमा भएको जेन जी आन्दोलनलाईपनि नियाल्नु भएको छ । अन्य आन्दोलनले देशको व्यवस्था परिवर्तन गराउने गरेको थियो । सरकार ढाल्थ्यो । घुडा टेक्थ्यो । तर जेन जी आन्दोलेबाट देश तहस नहस भयो । निजी क्षेत्रमा भएको आक्रमणले डर र त्रास बढायो । लगानी गर्ने वातावरण बन्द भयो । यसले सिर्जना हुँदै गरेका रोजगारका बाटा पनि बन्द भए । त्यसैले उहाँ भन्नु हुन्छ त्यस खालका अमानवीय काम गरेकाहरुलाई सरकारले कार्वाहि गर्नुपर्छ ।

बिभिन्न आन्दोलनको साक्षी बन्नु भएका चन्द्र प्रसाद नेपाललाई लागेको छ आन्दोलनका नाममा अराजकता मच्याउने र मानवीय क्षती तथा व्यक्तिगत सम्पत्तीमा हानी गर्नेहरुलाई पहिला पनि कार्वाहि भएको थियो । तर अहिले जेन जीका नाममा भएका अपराधीक काम र गतिविध गर्नेहरुलाई राज्यले संरक्षण गरी कार्वाहि नगरेको भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो ।

 

मोरङको जाँते घर हुनुभएका तर दमकमा व्यवसाय गरीरहनु भएका इन्द्र लाल पोखरेल अन्य आन्दोलनमा जसले देशमा लुटपाट मच्याउथे, आन्दोलनका नाममा सर्वसाधारणको हत्या गर्दथे उनीहरु भागेर देशै छोडेर भागेर जाने गर्दथे । तर यो पटकको जेन जी आन्दोलनले फरक सन्देश दिएर परिवर्तन चाहेको हो कि भन्ने लागेको पोखरेलले बताउनु भयो ।

जेनजी आन्दोलन छोटो भयो तर धेरै घटना भयो । केही दिनमै अवस्था असामान्य भयो । तर २००७ साल २०४६ सालमा भएको आन्दोलन लामो भयो ,धेरैको मृत्यु भयो, घर छोडेर भाग्ने अवस्था भएको सुनाँउनु हुन्छ चन्द्र देवी नेपाल ।

देशमा भएका हरेक आन्दोलन नेताले गरेको भ्रष्टचारबाट सुरु भएको छ । देशमा सुशासन ल्याँउन जनताले देशको लागि बलिदान दिएका छन्। केही समय नेताले राम्रो गरे पनि फेरि जनताको इच्छा विपरित काम गरेका कारण अर्को आन्दोलनले जन्म लिन्छ । तर यो विषय र अवस्थामा खास परिवर्तन आउन सकिरहेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको