मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ को प्रतिवेदनअनुसार मधेशमा १० वर्ष नपुग्दै बालबालिकाको विवाह हुने गरेको डरलाग्दो तथ्य बाहिर आएको हो।प्रतिवेदनले अन्य प्रदेशको तुलनामा मधेशमा उमेर नपुग्दै विवाह हुने दर सबैभन्दा बढी रहेको देखाएको छ।

 

तथ्याङ्कअनुसार, मधेशमा १० वर्षभन्दा कम उमेरमा विवाह हुनेको दर ०.२ प्रतिशत छ। त्यस्तै, १० देखि १४ वर्ष उमेर समूहमा ९ दशमलब ३ प्रतिशत र १५ देखि १७ वर्ष उमेर समूहमा २७ दशमलब ७ प्रतिशत बालबालिकाको विवाह भएको पाइएको छ।विवाहको औसत उमेरमा पनि महिला र पुरुषबीच पनि तीन वर्षको अन्तर देखिएको छ। प्रदेशमा पहिलो विवाहको औसत उमेर पुरुषका लागि २० वर्ष हुँदा महिलाका लागि भने १७ वर्ष मात्रै छ।प्रतिवेदनले प्रदेशका ४२ दशमलब ४ प्रतिशत महिलाको विवाह १८ वर्षको कानुनी उमेर नपुग्दै हुने गरेको देखाएको छ, जसले महिलाहरू कम उमेरमै विवाह गर्न बाध्य भएको यथार्थलाई देखाएको छ।

 

१८ देखि २० वर्ष उमेर समूहमा विवाह गर्नेको सङ्ख्या ३९ दशमलब ५ प्रतिशत छ भने २१ देखि २४ वर्षको उमेरमा विवाह गर्नेहरूको सङ्ख्या जम्मा १४ दशमलब ५ प्रतिशतमा सीमित छ। यसले मधेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो रहेको देखाउँछ।बालविवाहको यो विकराल अवस्थालाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकारले विभिन्न प्रयासहरू गर्दै आएको छ। प्रदेश सरकारले २०७८ सालमा सन् २०३० सम्ममा प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित १० वर्षे रणनीति सार्वजनिक गरेको थियो।यद्यपि, विगतका प्रयासले केही सुधार भए पनि पछिल्लो तथ्याङ्कले यस सामाजिक कुरीतिविरुद्ध अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेको छ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन