मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ को प्रतिवेदनअनुसार मधेशमा १० वर्ष नपुग्दै बालबालिकाको विवाह हुने गरेको डरलाग्दो तथ्य बाहिर आएको हो।प्रतिवेदनले अन्य प्रदेशको तुलनामा मधेशमा उमेर नपुग्दै विवाह हुने दर सबैभन्दा बढी रहेको देखाएको छ।

 

तथ्याङ्कअनुसार, मधेशमा १० वर्षभन्दा कम उमेरमा विवाह हुनेको दर ०.२ प्रतिशत छ। त्यस्तै, १० देखि १४ वर्ष उमेर समूहमा ९ दशमलब ३ प्रतिशत र १५ देखि १७ वर्ष उमेर समूहमा २७ दशमलब ७ प्रतिशत बालबालिकाको विवाह भएको पाइएको छ।विवाहको औसत उमेरमा पनि महिला र पुरुषबीच पनि तीन वर्षको अन्तर देखिएको छ। प्रदेशमा पहिलो विवाहको औसत उमेर पुरुषका लागि २० वर्ष हुँदा महिलाका लागि भने १७ वर्ष मात्रै छ।प्रतिवेदनले प्रदेशका ४२ दशमलब ४ प्रतिशत महिलाको विवाह १८ वर्षको कानुनी उमेर नपुग्दै हुने गरेको देखाएको छ, जसले महिलाहरू कम उमेरमै विवाह गर्न बाध्य भएको यथार्थलाई देखाएको छ।

 

१८ देखि २० वर्ष उमेर समूहमा विवाह गर्नेको सङ्ख्या ३९ दशमलब ५ प्रतिशत छ भने २१ देखि २४ वर्षको उमेरमा विवाह गर्नेहरूको सङ्ख्या जम्मा १४ दशमलब ५ प्रतिशतमा सीमित छ। यसले मधेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो रहेको देखाउँछ।बालविवाहको यो विकराल अवस्थालाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकारले विभिन्न प्रयासहरू गर्दै आएको छ। प्रदेश सरकारले २०७८ सालमा सन् २०३० सम्ममा प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित १० वर्षे रणनीति सार्वजनिक गरेको थियो।यद्यपि, विगतका प्रयासले केही सुधार भए पनि पछिल्लो तथ्याङ्कले यस सामाजिक कुरीतिविरुद्ध अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेको छ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।