झापामा दुई फरार प्रतिवादी पक्राउ

झापा, ३ मंसिर। झापामा दुईजना फरार महिला प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ।

हिजो मङगलबार दिउँसो ३ बजे सार्वजनिक अपराध मुद्धामा ६महिना कैद र ४ हजार ७२५ रुपैयाँ जरिवाना तोकिएर फरार रहेकी अर्जुनधारा ८बस्ने वर्ष४० की मिरा भन्ने निरा राईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। उनलाई जिल्ला अदालत झापाको २०७२ मंसिर २८गतेको फैसला अनुसार सो सजाय तोकिएको थियो । जिल्ला अदालत झापामा दाखिला गराई लागत कट्टा र जरिवाना तिरेर उनी रिहा भएको प्रहरीले जनाएको छ।

इसैगरी बैंकिङ कसुर सम्बन्धी मुद्धामा दोषी ठहर भई फरार रहेकी शिवसताक्षी ८ बस्ने कमला थापा श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको गत कात्तिक २७ गतेको पत्रअनुसार बैंकिङ कसुर सम्बन्धी चालु मुद्धामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य