दमक के चाहन्छ ? यसो भन्छन् नगरबासी

दमक,५ मंसिर । दमक विकास र समृद्धिको रेखा कोरिरहेको सहर । यहाँ के छैन? अन्तरास्ट्रिय स्तरको बिजनेस गर्ने भए यहाँ बिजनेस कम्प्लेक्स छ? प्राबिधिक बिषय पढ्ने होभने यहाँ सिटिइभिटिकै आंगिक क्याम्पस छ, रोग लागेर उपचार गर्ने हो भने आम्दा जस्तो अन्तरास्ट्रिय नेटवर्क भएको अस्पताल छ । सडक फराकिला छन । पुल सायद बन्न बाकी छैन । हो सबैको नजरमा दमक भन्ने बित्तिकै यस्तै कुरा आईहाल्छ । के साच्चै दमक बनिसक्यो त? के चाहान्छन दमक बासी ?

धुलो उडिरहेको यो सडक । खाल्डाखुल्डीले जोखिम निम्ताईरहेका यी सडक, अनि भिडभाड र जथाभावी पार्किङले अस्त ब्यस्त बनाईरहेको यो दमक बजार । अनि रोजगार नपाएर भौतारीरहेका बेरोजगार युवा । यहाँ रोजगार वृद्धि गर्न उद्योग छैनन ।जसले गर्दा प्रत्यक्ष रोजगारी सृजना हुन सकेको छैन । त्यसैले दमकमा सिटिरोक्सा चलाएर गुजारा चलाईरहनुभएका कुल बहादुर खड्का भन्नुहुन्छ दमक एउटा रोजगरा पाउने सहर बन्न सकोस ।

रोजगार बढाउन, युवाहरुलाई दक्ष बनाउन भन्दै राज्यका विभिन्न निकाय र तहले कार्यक्रम गर्छन । सेमिनार हुन्छ । तालिम चल्छन । वर्षभरिमा करोडौको बजेट त यी काममा नै सकिन्छ । तर के ती तालिम र कार्यक्रमले परिणाम दिएको छ? यो प्रश्न हो कृष्ण ढकालको । उहाँ भन्नुहुन्छ यसखालका कार्यक्रमलाई प्रभाबकारी बनाउदै जनप्रतिनिधिले कार्यकर्ता केन्द्रित कार्यक्रम बन्द गरेर जनमुखी कार्यक्रम बनाउन उहाको सुझाब छ ।

अहिले दमकको बजार क्षेत्रमा जाने हो भने अधिकांश घरका घरमुली छैनन । उनीहरु आफ्ना सन्तानसगै अमेरिका, क्यानाडा तथा अस्ट्रेलिया पुगेका छन । अलि गाउतिर हेर्ने हो भने युवा जमात छैन । गाउमा बृद्धअबश्थाका नागरिक र बालबालिका मात्र भेटिन्छन । कामको खोजी गर्दै अधिकांश युवा बिदेशी रहेका छन । अनि दमक कसरी बिकास भएको छ भन्दै दमकका डिल्लीराम भट्टराई भन्नुहुन्छ दमककका युवालाई दमकमै रोकौ र दमकको विकासमा लगाउ ।

दमकमा अझ धेरै विकासका काम गर्ने अबसर छन । संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिले दमकलाई आवश्यक पर्ने योजनाहरु बारे सामुहिक मन्थन गरि त्यो पूरा गर्न समन्वय मात्र गर्ने हो भने दमकले खोजेको र दमक बासीले रोजेको विकासका काम हुन सक्ने सुझाब छ दमकका युवराज कोईरालाको ।

दमकमा यहाँका नेता र कार्यकर्तालाईके चाहिएको छ त्यो योजना ल्याउने हैन, जनता के चाहिरहेका छन उनको आवश्यकता के हो? त्यो बुझेर मात्र बजेट र कार्यक्रम बनाउन अधिकांस दमक बासीको सुझाब छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी