सरकारी सुविधाको दुरुपयोग गरेको उजुरी बढेपछि देशभरका सबै स्थानीय तहलाई कडा निर्देशन

काठमाडौँ,१० मंसिर । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले सरकारी सुविधाको व्यापक दुरुपयोग गरेको उजुरी बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई कडा निर्देशन दिएको जनाएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले छानबिन र अनुगमनपछि दिएको निर्देशनको आधारमा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै प्रचलित कानुनको पूर्ण पालना गर्न सचेत गराएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ‘हेलो सरकार’ मार्फत प्राप्त उजुरीहरूका अनुसार स्थानीय तहमा निम्न बमोजिमका विकृतिहरू देखिएको तथ्याङकमा उल्लेख छ। अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षले सरकारी सवारी साधनलाई विवाह, व्रतबन्ध, मलामी र निजी घुमघाममा प्रयोग गरिरहेको जानकारी पाइएको छ । यसले इन्धन र सवारी साधनको व्यापक दुरुपयोग भएको ठहर केन्द्रले गरेको जनाएको छ ।

विशेषगरी हिमाली जिल्लाका स्थानीय तहका हाकिम र जनप्रतिनिधिहरूले व्यक्तिगत काममा काठमाडौँ आउँदा–जाँदा समेत सरकारी गाडी प्रयोग गर्ने गरेको उजुरी परेको छ । उनीहरूले यसरी आउँदा लाग्ने इन्धन, चालकको दैनिक भ्रमण भत्ता र मर्मत खर्च समेत कार्यालयबाटै भुक्तानी लिने गरेको खुलासा भएको छ ।

कानुन विपरीत हुनेगरी जनप्रतिनिधि तथा कर्मचारीहरूले आवास सुविधा (घरभाडा) बापत करोडौँ रकम गैरकानुनी रूपमा खर्च गर्ने गरेको उजुरी समेत परेको छ । बेथितिहरू रोक्न राष्ट्रिय सतर्कता केन्द्रको उजुरी व्यवस्थापन समितिले मिति २०८२ कात्तिक ३ गते निर्णय गर्दै मन्त्रालयलाई पत्राचार गरेको हो। सोही पत्रको आधारमा संघीय मामिला मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र गरेको छ।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सुविधाको सम्बन्धमा प्रचलित कानुनको पूर्ण रूपमा पालना गर्न÷गराउन निर्देशन दिइएको छ । यदि कुनै विषयमा कानुन स्पष्ट छैन भने कानुनको परिधिमा रही आवश्यक कार्यविधि एवं मापदण्ड बनाएर मात्र सुविधा उपभोग गर्न अनुरोध गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चार महिनासम्म राहदानी नआएपछि सेवाग्राहीको गुनासो, प्रजिअ पोखरेलले बनाए छानबिन कार्यदल

दमक, १७ कात्तिक  । ‘चार महिना भइसक्यो, मेरो पासपोर्ट अझै आएन। कहिले आउँछ होला ?’ सामाजिक सञ्जालमा जय रज्जले गरेको यो प्रश्न राहदानी कुरिरहेका धेरै

नेपाल र स्विट्जरल्यान्डका संसदीय अध्यक्षबीच भेटवार्ता

काठमाडौं,१६ कार्तीक । सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको

झापामा भारतीय र प्लास्टिकका फूलमा रोक : स्थानीय उत्पादनलाई प्राथमिकता, अटेर गरे कारबाही

झापा,१६ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट हुने अवैध फूलको आयात र प्लास्टिकका कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

न्यायालय, सुरक्षा संयन्त्र र सत्ताको उच्च तह हल्लाउने बिचौलिया इनम सापकोटा प्रकरण : को हुन् इनम ? कसरी बन्यो सेटिङको सञ्जाल ?

काठमाडौँ,१६ कार्तीक । दमकको वडा नं २ र ५ को सिमानामा रहेको मदनडाँगी सडक । अली धेरै चाहि दमकको भाईरल रोड भनेपछि तपाईले थाह पाउनु

न्यायाधीशहरू माथि लागेको घुस आरोपमा सर्वोच्चको ‘फूलकोर्ट’ निर्णयः निष्पक्ष छानबिन गर्न माग, ५ मुख्य बुँदा सार्वजनिक

काठमाडौँ,१६ कार्तीक । प्रधानन्यायाधीश तथा न्यायाधीशहरू जोडिएको घुसकाण्डबारे सञ्चारमाध्यममा आएका समाचारप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार बसेको सर्वोच्चको पूर्ण (फूलकोर्ट) बैठकले संविधानको सर्वोच्चता

दमकमा भन्सार छलीका फूल र प्लास्टिकका फूल बिक्री गरे जफत गरिने, सिटी रिक्साको पार्किङ र भाडामा पनि कडाइ

दमक, १६ कात्तिक । झापाको दमक नगरपालिकाले भन्सार छली गरी भित्र्याइएका फूल तथा प्लास्टिकजन्य फूल बिक्री–वितरण गरेको पाइएमा जफत गरी नष्ट गर्ने निर्णय गरेको छ।

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ,१६ कार्तीक । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बस्नु भएको वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर