डिजिटल असुरक्षाकाे खतरा : सामाजिक सञ्जालकाे बढ्दाे दुरूपयाेगसँगै डिजिटल हिंसा बढ्दाे

दमक, १० मंसिर । सडकमा हिँड्ने बच्चादेखि बजारमा सामान किन्न निस्कने आमा, कार्यालय जाने दिदीबहिनी, र घरको आँगनमा आरामसँग बस्ने बुबासम्म–सबैको हातमा आज मोबाइल देखिन्छ। मनोरञ्जन, कुरा–कहानी, पढाइ, काम, भिडियो हेर्ने र बनाउने । जीवनको ठूलो हिस्सा अब डिजिटल संसारमै घुमिरहेछ। सामाजिक सञ्जाल नचलाई दिन बिताउनै नसक्ने वातावरण बनेको छ।तर यिनै चम्किला स्क्रीनभित्र एउटा अँध्यारो खतरा पनि छ, जुन धेरैले देख्छन्, धेरैले नदेखेझैँ गर्छन्। त्यो हो– डिजिटल हिंसा। डिजिटल हिंसा के हो र कसरी फैलिन्छ?

अनौठा म्यासेज, अवाञ्छित पोष्टहरूमा ट्याग गर्न खोज्ने, लोभ देखाइ फसाउन खोज्ने, चरित्र हत्या गर्ने, धम्की, ठगी प्रयास । यी सबै डिजिटल हिंसाकै रूप हुन्। कसैले आफू सुरक्षित छ भन्छन्, कसैले प्रक्रिया अपनाएको बताउँछन्, तर धेरैका अनुभव भने गाह्रो, त्रास र अपमानले भरिएका छन्।इलाम चुलाचुलीकी सङ्गिता लिम्बु सुरक्षित तरिकाले प्रयोग गर्ने भएकै कारण अहिले सम्म आफू हिंसाबाट बचेको बताउनु हुन्छ ।

सामाजिक सञ्जाल सबै चलाउँछौँ, तर कसरी चलाउने भन्ने सिक्नुपर्छ। सुरक्षा उपाय अपनाए धेरै कुरा सजिलै टारिन सक्छ । इलामकै सुमना लिम्बुलाई पनि नराम्रा म्यासेज आउने गर्छन् तर उनी यस्ता कुरालाई बेवास्ता गर्नुहुन्छ ।

टिकटक प्रयोगकर्ता अप्सरा लिम्बु चाहिँ ‘ब्लक’ गर्ने बानीले आफू सुरक्षित भएको बताउनु हुन्छ । नराम्रो म्यासेज त धेरै आउछन् तर ब्लक गरेपछि मन हलुका हुने गरेको उहाँले बताउनु भयो । यसरी आफु सुरक्षीत हुने उहाँको बिस्वास छ ।

दमक–५ की चन्द्रा दाहाल काफ्लेले डिजिटल माध्यमले सबै उमेरलाई छोएको भए पनि किशोर–किशोरी नै सबैभन्दा जोखिममा रहेको बताउनु हुन्छ । बच्चा केमा जोडिन्छन्, कुन भिडियो हेर्छन्, कससँग च्याट गर्छन्–आफन्तले नियमित रूपमा थाहा पाउनुपर्ने उहाँको भनाइ छ।

सामाजिक सञ्जालले धेरै अवसर ल्याएको छ, तर मनोवैज्ञानिक, सामाजिक र नैतिक समस्याहरू पनि बढ्दैछन्। डिजिटल हिंसा अब कसैलाई मात्र हुने समस्या रहेन। स्कूल जाने बच्चा, नयाँ मोबाइल किनेका युवती, विदेसिएका दाजुभाइ , घरमा भिडियो हेर्ने दिदीबहिनी, मन बहलाउन टिकटक स्क्रोल गर्ने हजुरआमा, सबै यो जोखिममा छन्। देशभर विभिन्न सचेतनामूलक कार्यक्रम भइरहे पनि परिवार, विद्यालय, समुदाय र स्थानीय सरकार सबैले हातेमालो नगरेसम्म समस्या जति–जति डिजिटल सञ्जाल फैलिन्छ, उति–उति बढ्दै जाने निश्चित छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको