औषधी ऐन संशाेधनकाे विराेध गर्दै काेशी प्रदेशका औषधी व्यवसायीहरू सडकमा

विराटनगर,११ मङ्सिर । कोशी प्रदेशका औषधी व्यवसायीहरूले औषधि ऐन २०३५ मा गरिएको संशोधनको विरोधमा सडकमा उत्रिएका छन्। संशोधित ऐनका केही प्रावधानहरू व्यावहारिक नभएको र व्यवसायीहरूको अस्तित्वमा खतरा पु¥याउने भएकाले व्यवसायीहरूले तत्काल खारेजीको माग गर्दै आन्दोलन गरेका हुन्।

संशोधन अनुसार, औषधी पसलको दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनसम्म पनि नवीकरण नगरेको खण्डमा स्वतः संस्था खारेज हुने प्रावधान राखिएको छ। यसका कारण व्यवसायीहरूको लागि कठिनाइ उत्पन्न भएको र पेसागत सुरक्षा संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन्।

व्यवसायीहरूको प्रमुख आपत्ति संशोधित दफा ११ को उपदफा सम्बन्धी छ, जसलाई उनीहरूले संविधानको मर्म विपरीत र व्यवसायीहरूलाई त्रसित बनाउनका लागि बनाइएको प्रावधान भएको बताएका छन् ।

संघले सरकारसँग पुनः समय सीमा दिइसकेको भए पनि कुनै प्रतिक्रिया नपाएको कारण चरणबद्ध सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको जनाएको छ। ११ मङ्सिरदेखि १६ मङ्सिरसम्म विरोधका विभिन्न कार्यक्रमहरू तय गरिएको बताएका छन्।

व्यवसायीहरूले मङ्सिर ११ गतेदेखि औषधी व्यवस्था विभाग विराटनगर कार्यालयमा ब्यानरसहित मौन धर्नामा बसेका छन्। त्यसपछि अन्य दिनहरूमा पनि कालो झन्डा लगाउने, पसल बन्द गर्ने र विभागमा धर्ना दिने कार्यक्रम राखिएका नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले बताउनु भयो ।

आन्दोलनको पहिलो दिन बिहीबार १ घण्टा औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिएको उहाँले बताउनु भयो । संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले भन्नु भयो,‘यो व्यवस्था संविधानको मर्म विपरीत छ र पेसागत सुरक्षामा प्रतिकूल असर पार्ने भएकाले हामी आन्दोलन गर्न बाध्य भएका छौँ। यदि माग सम्बोधन नभए थप कठोर सङ्घर्ष गर्न बाध्य हुनेछौँ ।’

व्यवसायीहरूको विरोध कार्यक्रम मङ्सिर १६ गतेसम्म चल्नेछ र यदि सरकारले प्रतिक्रिया नदिएमा १७ मङ्सिरदेखि अनिश्चितकालीन बन्द र हडतालका कार्यक्रम थाल्ने चेतावनी दिइएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन