दमक, १४ मंसिर । दमक ९ स्थित सरस्वती मावी इटाभट्टामा आइतबार शिक्षक अभिवाक संघ गठन गरिएको छ ।
जसको अध्यक्षमा निर्मला पाण्डे चयन हुनुभएको छ । आइतबार भएको अभिभावक भेलाले स्वस्फुर्त रुपमा अन्य ५ जना सदस्य, शिक्षकका तर्फबाट ३ जना, पुर्व विद्यार्थीका तर्फबाट २ जना, अपाङ्गता भएका विद्यार्थीको अभिभावकबाट एक जना गरि १५ जनाको शिक्षक अभिभावक संघ गठन गरिएको बिद्यालयका प्रधानाध्यापक सिताराम ढकालले जानकारी दिनुभयो ।









