जेसीज सप्ताह समापनमा उर्लाबारीमा कविता प्रतियोगिता

पथरी शनिश्चरे, १४ मंसिर / उर्लाबारी जेसीज मोरङले जेसीज सप्ताहको अन्तिम दिन आइतबार नगरका विद्यालयस्तरीय कविता प्रतियोगिता सञ्चालन गरेर विद्यार्थीहरुलाई सृजनशील बन्ने सन्देश दिएको छ ।

‘कलम र कल्पना –कविता बोल्ने दिन’को स्लोगन राखिएको कार्यक्रममा १६ वटा विद्यालयका १६ जना विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । जसमध्ये नेपाल आदर्शकी निपेक्षा कोइरालाको ‘जेन्जी’, राधिका माविका सुनील पाण्डेको ‘बाँच्न गाह्रो छ’, हिमचुलीकी पुष्पा श्रेष्ठको ‘मेरो कलम चल्दा मन बोल्छ’ र सुनगाभा बोर्डिङकी साइप्रिया बरालको ‘जीवनका भोगाइहरु’ कविताले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हाँसिल गर्दै नगद र मेडल पुरस्कार हात पारेको थियो ।

उर्लाबारी जेसीज अध्यक्ष भाइटीका भट्टराईको अध्यक्षताको कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सेरिङ, साहित्यकार एवम् पत्रकार भूपेन्द्रराज तिम्सिना, साहित्यकार कृष्ण उदासीसहितले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरुलाई सृजनशील बनाउने काममा जेसीजको कार्यक्रमप्रति प्रशंसा गर्नुभयो ।
प्रतियोगितामा सर्जकहरु भूपेन्द्रराज तिम्सिना, बैदिक अत्री र गगन योक्पाङ्देन निर्णायक रहनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुखद्वारा संसद् बैठक आह्वान : महाविपद बारे ६ दलका नेताले धारणा राख्ने

काठमाडौं ,१६ भदौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गर्नु भएको छ। आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक

दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारकोे दुई करोड सहयोग

सुर्खेत ,१६ भदौ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

बालबालिकाको गोपनीयता जोगाउन बाढी प्रभावितको फोटो,भिडियो पोस्ट नगर्न आग्रह

काठमाडौं ,१६ भदौ। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न

बाढी प्रभावित क्षेत्रमा हवाई र जमिनी उद्धार तीव्र : टनेलमा खोजी जारी

काठमाडौं , १६ भदौ । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह नियुक्त

काठमान्डै,१६ भदौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा।डा अन्जना सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति प्रा।डा। भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार

भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद्