खोलाको तस्करी रोक्न झापामा भयो यस्तो निर्णय , जिसस प्रमुख “पावर”मा उत्रदै

कडा निगरानी गर्ने, दर्ता नभएका क्रसहरुलाई पहिलोपटक चेतावनी दिने र अर्को पटक बन्द गराउने, राजमार्ग , वन, वस्ती र पुलबाट ५ सय मिटर वरपर नदि उत्खनन गर्न नपाईने

दमक, १६ मंसिर | झापामा पछिल्लो नदि दोहन तथा तस्करी बढेको भनेर जनप्रतिनिधिहरुबाटै व्यापक गुनासो सार्वजनिक भएको थियो ।

केही समय अघि दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यालयका प्रमुख , अनुसन्धान कार्यालयका प्रमुख सहितको उपस्तिथिमा अनियन्त्रित रुपमा नदिमा चोरी पैठारी बढेको गुनासो राख्नु भएको थियो ।

पालिका स्तरबाट पटक पटक पहल र प्रयास गर्दा समेत यो कामको नियन्त्रण हुन नसकेको भन्दै सार्बजनिक रुपमै बताएपछि जिल्लाको संयन्त्र यसमा सकृय भएको छ ।

यहि क्रममा मंगलबार जिल्ला समन्वय समिति झापाको कार्यालयमा समितिका प्रमुख विस्वनाथ बरालको अध्यक्षता बैठक बसि महत्त्वपूर्ण निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल , जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, खोला प्रभावित क्षेत्रका ६ वटा पालिका प्रमुख तथा उप-प्रमुख र प्रमुख प्रषासकिय अधिकृतहरुको संयुक्त छलफलबाट निर्णय गरिएको हो ।

जिल्ला समन्वय समिती प्रमुख विस्वनाथ बरालले दिनुभएको जानकारी अनुसार चोरी निकासी रोक्न प्रहरी , प्रषासनको समन्वयमा कडा निगरानी गर्ने, दर्ता नभएका क्रसहरुलाई पहिलोपटक चेतावनी दिने र अर्को पटक बन्द गराउने, राजमार्ग , वन, वस्ती र पुलबाट ५ सय मिटर वरपर नदि उत्खनन गर्न नपाईने जस्ता महत्त्वपूर्ण निर्णय भएका छन ।

यस्तै घाडगद्दीको माल सामान सम्बन्धित निकायबाट स्टक प्रमाणीत गरि त्यहाक्क ठाउँ खाली गराउने समेत निर्णय गरिएको छ ।

छलफलमा झापका दमक , शिवसताशी , कन्काई, अर्जुनधारा, मेचिनगर नगरपालिका र बुद्द्द्शान्ती गाउपालिकाका जनप्रतिनिधि र प्रमुख प्रषासकिय अधिकृतहरु समेतको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन