झापाको क्षेत्र नं. ५ ले फागुन २१ मा को चाहदै छ? र के परिवर्तन खोजेको छ?

दमक, १८ फागुन । झापा क्षेत्र नं. ५ को राजनीतिक यात्रा पछिल्लो तीन दशक देखि एउटा नामसँग गासिएको छ। दमक, कमल, गौरादह र गौरिगञ्जका मतदाताले हरेक चुनावमा स्पष्ट बहुमतसहित विजयी गराउँदै आएको नाम हो—पूर्व प्रधानमन्त्री केपी शर्मा ओली।
जनताले चुनेको, बहुमतले उठाएको र नेतृत्वको विश्वास दिएको पात्रको रूपमा ओली यहि क्षेत्रमा मात्र होइन, देशभर पहिचान बनाइरहनु भएको छ। उहाँले प्रधानमन्त्री हुँदा राष्ट्रव्यापी विकासमा देखाएको सक्रियता र निरन्तरता यो क्षेत्रका नागरिकका लागि गर्वको विषय बनेको छ। तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशको राजनीतिक बाटो अचानक मोडियो। ‘पुराना दलका नेताले भ्रष्टाचार गरे’ भन्ने आरोप सहित युवा पुस्ताले सडकमा देखाएको असन्तुष्टिले देशमा नेतृत्व परिवर्तन गरायो। केपी ओलीको नेतृत्वमा रहेको सरकार ढल्यो र आन्दोलनको लहरबाटै निक्लिएकी सुशिला कार्की देशको पहिलो ‘जेनजी प्रधानमन्त्री’ बन्नुभयो ।
अहिले राजनीतिक परिवर्तनसँगै देश अनिश्चितताको दबाबमा छ। संरचना, नीति, बजेट, प्रशासन—सबै क्षेत्र संक्रमणको घेरामा छन। यसैबीच फागुन २१ गतेको निर्वाचन नजिकिँदैछ। असल नेतृत्वलाई पुनः जिम्मा दिने कि नयाँ अनुहारलाई मौका दिने—मतदाता यतिबेला यही दोधारमा छन्।

दमक–७ का केदारनाथ घिमिरेका लागि केपी ओली केवल सांसद होइन, देशको अभिभावक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ उहाँले जित्दा यो क्षेत्रमा मात्रै होइन, देशभर विकास ल्याउनुभयो। हामीले उहाँलाई सांसद मात्र होइन, आफूलाई हेरिदिने अभिभावकको रूपमा पाएका छौं।”

घिमिरेजस्ता धेरै मतदाताको जीवनमा पूर्व प्रधानमन्त्री ओलीले बनाएका सडक, पुल, खानेपानी, शिक्षा तथा स्वास्थ्यका संरचनाले प्रत्यक्ष प्रभाव पारेको छ। तर सबै आवाज एउटै छैन। जेनजी आन्दोलनले युवामा नयाँ सोच जगाएको छ। दमक–५ का विष्णु प्रसाईलाई लागेको छ “जेनजी आन्दोलनले देखायो कि पुराना नेताबाट देश चल्दैन। अब नयाँ अनुहार, नयाँ पुस्ता चाहिन्छ। युवाको भविष्य सुरक्षित गर्न नेतृत्व परिवर्तन आवश्यक छ।”

यस खालको धारणा देशभर सशक्त रूपमा फैलिएको छ। आन्दोलनले पुराना दलका विरुद्ध ठूलो मनोवैज्ञानिक तरंग बनाएको छ । दमक–३ की भगवती न्यौपानेको अनुभव छ । “सानैदेखि गाउघरमा केपी ओली ज्यू कै चर्चा सुन्थ्यौं। उहाँले देशको विकास गरेको देखेर खुसी लाग्थ्यो। जेनजी नानी बाबु सानै हुँदा के बुझ्थे र? आन्दोलन भयो । तर देशको विकास चाहिने हो भने फेरि पनि ओलीज्यू नै आवश्यक लाग्छ।”

घर चलाउन जस्तै देश चलाउन पनि बलियो, ईमानदार र अनुभवी हात आवश्यक हुन्छ। यही सोचले क्षेत्र नं. ५ का धेरै नागरिकलाई आगामी निर्वाचनमा फेरि पनि ओलीतिर आकर्षित गरिरहेको छ। जेनजी आन्दोलनले उत्पन्न गरेको राजनीतिक हलचलपछि पनि यो क्षेत्रमा पुराना नेताप्रतिको विश्वास उतिकै छ । देश संक्रमणकालीन मोडमा छ। एकातिर नयाँ पुस्ताले मागेको परिवर्तनको आवाज छ। अर्कोतर्फ वर्षौंको अनुभव, निरन्तरता र विकासको भरोसा बोकेका नेता पनि छन्। झापाको क्षेत्र नं. ५ आज यही दोधारमा छ । स्थिरता चाहने जनता कि परिवर्तन खोज्ने जेनजी पुस्ता?उही प्रश्नले फागुन २१ गतेको मतदानलाई निर्णायक बनाउनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

CTVT का करार तथा ज्यालादारी श्रमिकद्वारा आन्दोलनको घोषणा

भक्तपुर,१४ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै

प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे विरोध

काठमाडौं,१४ साउन । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

काठमाडौं,१४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। स्वास्थ्य तथा

शिव शिखरका साना बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं,१४ साउन। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत फिर्ता