कोशी प्रदेशका डीआईजी घिमिरेद्वारा माेरङ प्रहरी कार्यालयकाे स्थलगत निरीक्षण

सेवा प्रवाहकाे अवस्थाबारे साेधीखाेजी

मोरङ,२३ मंसिर। कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले मोरङको शान्ति सुरक्षाको अवस्था, प्रहरीको दैनिक कार्यसम्पादन र सेवाप्रवाहको अवस्था बुझ्न सोमबार जिल्ला प्रहरी कार्यालय मोरङको स्थलगत निरीक्षण गर्नु भएको छ।

उहाँको निरीक्षणलाई औपचारिक कार्यक्रमभन्दा पनि प्रहरी संगठनलाई अनुशासित, उत्तरदायी र नागरिकप्रति जवाफदेही बनाउन केन्द्रित प्रयासका रूपमा हेरिएको छ । डीआईजी घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङको भवनसँगै अपराध अनुसन्धान शाखा, प्रशासन, महिला तथा बालबालिका सेवा केन्द्र, गुनासो कक्ष, प्रहरी ब्यारेक लगायतको भौतिक पूर्वाधार, कार्यशैली र अभिलेखीकरणको अवस्था अवलोकन गर्नु भएको छ ।

निरीक्षणका क्रममा उहाँले कार्यालयभित्रको रेकर्ड व्यवस्थापन, फाइलिङ प्रणाली, डिजिटल प्रणालीको प्रयोग र सेवाग्राहीसँगको व्यवहारसमेत नजिकबाट नियालनु भएको थियो । निरीक्षणकै क्रममा घिमिरेले मोरङ जिल्ला कोशी प्रदेशको राजधानी अवस्थित जिल्ला भएकाले यहाँको प्रहरी गतिविधि नमुना बन्नुपर्ने बताउनु भएको छ ।

उहाँले दैनिक सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाही वा गैरजिम्मेवारीपन देखिन नहुने भन्दै प्रहरी अधिकृत र जवानलाई स्पष्ट निर्देशन दिनु भएको छ । ‘विराटनगर र मोरङको सुरक्षा सुदृढ भए मात्रै समग्र प्रदेशमा जनआस्थाको वातावरण सिर्जना हुन्छ’ भन्ने धारणा उहाँले व्यक्त गर्नु भएको छ ।

भारतसँगको खुला सिमानाका कारण मोरङ उच्च जोखिममा रहेको उल्लेख गर्दै डीआईजी घिमिरेले सीमावर्ती क्षेत्रहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । चोरी, तस्करी, लागुऔषध कारोबार, अवैध हातहतियारको ओसारपसार जस्ता गतिविधि नियन्त्रणका लागि सूचनामा आधारित कारबाही र नियमित गस्ती बढाउन उहाँले जोड दिनु भयो । सीमावर्ती क्षेत्र, नाका र शंकास्पद आवागमन हुने स्थानमा निगरानी अझ प्रभावकारी बनाउन पनि उहाँले निर्देशन दिनु भएको थियो ।

प्रहरी संगठनलाई अझ पारदर्शी, अनुशासित र जनमुखी बनाउने उद्देश्यसहित गरिएको यस निरीक्षणलाई मोरङमा शान्ति सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य