कोशी प्रदेशका डीआईजी घिमिरेद्वारा माेरङ प्रहरी कार्यालयकाे स्थलगत निरीक्षण

सेवा प्रवाहकाे अवस्थाबारे साेधीखाेजी

मोरङ,२३ मंसिर। कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले मोरङको शान्ति सुरक्षाको अवस्था, प्रहरीको दैनिक कार्यसम्पादन र सेवाप्रवाहको अवस्था बुझ्न सोमबार जिल्ला प्रहरी कार्यालय मोरङको स्थलगत निरीक्षण गर्नु भएको छ।

उहाँको निरीक्षणलाई औपचारिक कार्यक्रमभन्दा पनि प्रहरी संगठनलाई अनुशासित, उत्तरदायी र नागरिकप्रति जवाफदेही बनाउन केन्द्रित प्रयासका रूपमा हेरिएको छ । डीआईजी घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङको भवनसँगै अपराध अनुसन्धान शाखा, प्रशासन, महिला तथा बालबालिका सेवा केन्द्र, गुनासो कक्ष, प्रहरी ब्यारेक लगायतको भौतिक पूर्वाधार, कार्यशैली र अभिलेखीकरणको अवस्था अवलोकन गर्नु भएको छ ।

निरीक्षणका क्रममा उहाँले कार्यालयभित्रको रेकर्ड व्यवस्थापन, फाइलिङ प्रणाली, डिजिटल प्रणालीको प्रयोग र सेवाग्राहीसँगको व्यवहारसमेत नजिकबाट नियालनु भएको थियो । निरीक्षणकै क्रममा घिमिरेले मोरङ जिल्ला कोशी प्रदेशको राजधानी अवस्थित जिल्ला भएकाले यहाँको प्रहरी गतिविधि नमुना बन्नुपर्ने बताउनु भएको छ ।

उहाँले दैनिक सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाही वा गैरजिम्मेवारीपन देखिन नहुने भन्दै प्रहरी अधिकृत र जवानलाई स्पष्ट निर्देशन दिनु भएको छ । ‘विराटनगर र मोरङको सुरक्षा सुदृढ भए मात्रै समग्र प्रदेशमा जनआस्थाको वातावरण सिर्जना हुन्छ’ भन्ने धारणा उहाँले व्यक्त गर्नु भएको छ ।

भारतसँगको खुला सिमानाका कारण मोरङ उच्च जोखिममा रहेको उल्लेख गर्दै डीआईजी घिमिरेले सीमावर्ती क्षेत्रहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । चोरी, तस्करी, लागुऔषध कारोबार, अवैध हातहतियारको ओसारपसार जस्ता गतिविधि नियन्त्रणका लागि सूचनामा आधारित कारबाही र नियमित गस्ती बढाउन उहाँले जोड दिनु भयो । सीमावर्ती क्षेत्र, नाका र शंकास्पद आवागमन हुने स्थानमा निगरानी अझ प्रभावकारी बनाउन पनि उहाँले निर्देशन दिनु भएको थियो ।

प्रहरी संगठनलाई अझ पारदर्शी, अनुशासित र जनमुखी बनाउने उद्देश्यसहित गरिएको यस निरीक्षणलाई मोरङमा शान्ति सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रहरीको गोलीले युवकको मृत्यु, एबी मलमा आगजनी

काठमाडौं,१४ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले गोलबजार स्थित सिरहा

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छन । उहाँले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रका नाममा सम्बोधन गर्न

सिरहामा झडपः गोली लागेर १८ वर्षीय युवक गम्भीर घाइते

सिरहा,१४ साउन । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते हुनु भएको छ। छातिमा गोली लागेर धनुसाधाम घर भएका अन्दाजी

सांसद पौडेल माथि अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट,१४ साउन । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार

सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन

काठमाडौँ,१४ साउन । बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उहाँले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताउनु भएको हो ।