विराटनगर,२४ मंसिर । मधेस प्रदेशमा सत्ता समीकरणमा आएको फेरबदल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘मधेसको प्रभाव अन्यत्र पनि फैलिने’ अभिव्यक्तिले यतिबेला कोशी प्रदेशको राजनीतिक वृत्तमा सामान्य चर्चा सुरु हुन थालेको छ ।
मधेसमा एमालेलाई बाहिर राखेर अन्य दलहरूको गठबन्धन बनेपछि त्यसको असर कोशी प्रदेशमा पर्ने हो कि भन्ने अड्कलबाजीहरू सुरु हुन् थालेको छ । तर कोशी प्रदेशको वस्तुस्थिति भने अलि फरक र पेचिलो देखिन्छ ।
कोशी प्रदेश सरकारको स्थायित्व र भविष्यलाई लिएर नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र राईका अनुसार यहाँ सरकार परिवर्तन हुने सम्भावना ५० प्रतिशतभन्दा बढी छ । यसको मुख्य कारण केन्द्रको राजनीति मात्र नभई प्रदेशभित्रै कांग्रेस र एमालेबिच बिग्रँदो सम्बन्ध पनि रहेको छ। नेकपाका नेता राजेन्द्र राई भने ‘कोशी प्रदेशका कांग्रेस सांसदहरूले आफ्नो नेतृत्वलाई अब हामी एमालेसँग मिलेर काम गर्न सक्दैनौँ’ भनेर स्पष्ट भनिसकेको दाबी गर्नु हुन् छ् ।









