भूटानी शरणार्थीको स्वदेश फिर्ती रटान

अझै मरेकाे छैन देश फर्कन पाउने आश

दमक, २४ मंसिर । वर्षौंदेखि देशविहिन र नागरिकविहिन बनेका भूटानी शरणार्थीहरुले आफ्नो पींडा विसाउने थलो कतै भेटेका छैनन् । तेस्रो देश पुनर्वासको क्रम रोकिएको एक दशक पुग्न लाग्दा पनि झापाको बेलडाँगी र मोरङको पथरीस्थित शिविरमै छुटेका यी शरणार्थीमध्ये अधिकांश आफै जन्मेको माटोमा प्राण विसाउने चाहना राख्छन् । तर, उहाँहरुको यो चाहना न त शरण दिने नेपाल सरकारले सुन्न सकेको छ, न त भूटानी नरेशले नै । दातृ निकायका रुपमा उपस्थित यूएन एचसी आरले हात झिकेपछि बिहान बेलुकाको छाक टार्न पनि नसक्ने अवस्थामा शिविरका छाप्रा रुँगिरहेका भेटिन्छन् । तैपनि उहाँहरुमा अझै आफ्नो माटो छुने रहर मरेको भने छैन ।

स्वदेश फिर्तीको अडान नछोड्नेमध्ये अधिकांशको भित्री पीडा उस्तै उस्तै छ । शरणार्थी जीवन, आफ्नो माटोप्रतिको मोहसँग स्वदेश फर्कन पाइने आशाको त्यान्द्रोलाई केहीले कविताको माध्यमबाट पनि पोखेका छन् ।

यो थियो –७७ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउने कार्यक्रम । बेलडाँगी शिविरमा भेला भएका यी शरणार्थीहरुलाई सान्त्वना दिन केही अधिकारवादीहरु पनि त्यहाँ पुग्नुभएको थियो । उहाँहरुले शरणार्थीले भोगेका दुःखपींडालाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउने पहलकदमी लिने आश्वासन दिनुभएको छ ।

जेहोस्, शिविरभित्रको दुःखकष्ट झेल्दै आएका यी शरणार्थीको अधिकारका क्षेत्रमा बेला बेला भए पनि आवाज उठिरहेकै छ । तर, यी आवाजहरु नेपाल र भूटान सरकारको कानसम्म चाहिँ कहिले पुग्ने हो कुन्नि ?

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा फ्रिजको तार सर्ट भई आगलागी, साढे दुई लाखको क्षति

झापा,१३ साउन । झापाको मेचीनगरमा आज बिहान फ्रिजको तार सर्ट भएर आगलागी हुँदा साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहान ३ः५० बजे मेचीनगर

सगरमाथा आरोहण अनुमतिमा कडाइ गर्न पासाङ दावाको माग

काठमाडौं,१३ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताउनु

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं,१३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति

संसदीय सुनुवाइमा उजुरीकर्तामाथि सांसदहरूको प्रश्न ; ‘दरपीठपछि के गर्नुभयो ?’

काठमाडौं,१३ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरिएको छ

झापामा दुई महिलाको मृत्यु , कारण बारे थाह पाँउ

दमक, १३ साउन । झापामा बुधबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सवारी दुर्घटना र करेन्ट लागेका कारण दुई महिलाले ज्यान गुमाएका हुन्। जिल्ला

दमकको खोल्सीमा रमेश दर्जी मृत फेला

दमक,१३ साउन । झापाको दमकमा खोल्सीमा डुबेको अबस्थामा एक जना मृत फेला परेका छन् । आज बिहान दमक ९ एमाले पार्टी कार्यालय नजिकैको खोल्सीमा डुबेको