कोशी प्रदेशमा कति लगानिको आयोजना ठेक्का भयो ?

विराटनगर,२५ मंसिर । कोशी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १० अर्ब रुपैयाँबराबरको दुई हजार आयोजना ठेक्का प्रक्रियामा लगेको स्रोतले जनाएको छ । मन्त्रालयलले जनाएअनुसार स्रोत सुनिश्चित भइसकेका वहुवर्षीय योजनाबाहेक कुल १९४८ वटा योजना ठेक्का प्रक्रियामा गएका हुन्।

 

मन्त्रालयका अनुसार मंसिर २० भित्र सबै योजना ठेक्का प्रक्रियामा लैजान निर्देशन दिइएको हो। भौतिक पूर्वाधार तथा विकासमन्त्री भूपेन्द्र राईले भन्नु भयो, “यसबाट सकारात्मक परिणाम देखिएको छ । कतिपय जिल्लाको प्रगति ९७ प्रतिशतसम्म छ ।”

मन्त्री राईले आर्थिक वर्षको अन्तिम चौमासमा ठेक्का लगाउने प्रवृत्ति अन्त्य गर्न आर्थिक वर्षको सुरुवातबाटै काम थालिएको बताउनु भयो । उहाँका अनुसार गत असोज महिनामा बाढीपहिरोबाट बढी प्रभावित भएको इलाम बाहेकका जिल्लामा ठेक्काको प्रगति उल्लेख्य भएको बताउनु भयो । उहाँले भन्नु भयो,“त्यहाँ संघीय सरकारबाट समेत काम हुने भएकाले केही ढिलो भएको देखिएको छ । तर, प्रक्रिया भने सुरु भइसकेको छ ।”

बाँकी कतिपय जिल्लामा जग्गा विवाद देखिएको मन्त्री राईले बताउनु भयो । बहुवर्षीय योजना सिफारिस हुन बाँकी रहेकाले ती पनि चाँडै टुंगो लाग्ने उहाँको भनाइ छ । कोशीमा विगतमा वैशाख–जेठमा पनि ठेक्का खुल्ने गरेको थियो । कतिपय मसिना र साना योजना कोटेसनमार्फत गराइने गरेकामा त्यसलाई मन्त्रालयले रोक लगाएको स्रोतले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार रकम विनियोजनका आधारमा सोलुखुम्बुमा ९७ दशमलब १५, मोरङमा ९५.७४, उदयपुरमा ९२.१०, खोटाङमा ९० र पाँचथरमा ८० प्रतिशत, ताप्लेजुङमा ७९.४९, भोजपुरमा ७५.०६, धनकुटामा ७५.५४, सुनसरीमा ७३.४४, तेह्रथुममा ७०.७६, संखुवासभामा ६६.२१, झापामा ६६, ओखलढुंगामा ६४.२१ र इलाममा ५३.१६ प्रतिशत योजना ठेक्का प्रक्रियामा गएको छ ।

यसैगरी, योजना संख्याका अधारमा इलाममा सबैभन्दा कम १५.७०, संखुवासभामा ४६.३०, झापामा ५१, धनकुटामा ५९, सुनसरीमा ६१.४८, मोरङ ६२.४८ र पाँचथरमा ६३.६१ प्रगति देखिएको मन्त्रालयले बताएको छ । खोटाङमा ७२, तेह्रथुम ७४.२९, ओखलढुंगा ७८.३३, भोजपुरमा ८२.२८, उदयपुर ८२.२८, सोलुखुम्बु ८७ र ताप्लेजुङमा ९४.२३ प्रतिशत प्रगति देखिएको जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : प्रचण्ड

काठमाडौं,१४ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताउनु भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा

देवानगन्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुग्यो, आठ घाइतेको उपचार जारी

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको

पोल भाडा विवाद समाधान तर्फ

काठमाडौं,१४ साउन । लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपाल विद्युत् प्राधिकरणको विद्युत पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा

सार्वजनिक यातायात सुविधा होइन, सास्ती बन्यो : सांसद पराजुली

काठमाडौँ,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राजधानी सहित देशभरको सार्वजनिक यातायात सेवाको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बिहीबार बसेको

सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं,१४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद

लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

काठमान्डौं, १४ साउन।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्नुभएको छ। बिहीबार बसेको मन्त्रिस्तरीय निर्णयबाट