झापा, पुष १ । झापामा हिजो सोमबार एकैदिन ८ वटा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ। हिजो बिहान १०ः३० बजे बुद्धशान्ति–४मंगलबारेस्थित भित्री सडकखण्डमा इलामबाट मंगलबारेतर्फ आउँदै गरेको अल्फावेट नखुलेको पिकअपले पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ६५ की अमृता लिम्बूलाई ठक्कर दिई घाइते बनाएको छ । घाइतेको आम्दा अस्पताल धुलाबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोही समयमा भद्रपुर ९ जम्दार चोकस्थित चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे३प १४८नं.को मोटरसाइकल र भित्री बाटोबाट निस्कदै गरेको प्र१–०१–००१ ह४१८५ सिटी सफारी एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने वर्ष ४२ का सोमनाथ न्यौपाने र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ४० की राधा न्यौपाने घाइते भएका छन् । दुबैजनालाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।
सोही समयमा झापा गाउँपालिकामा पनि दुर्घटना भएको छ । झापा गाउँपालिका वडा नं.०७ मदरगाछ स्थित भित्री सडकखण्डमा मदरगाछबाट सिमलबारीतर्फ जाँदै गरेको मे८प ३५न.को मोटरसाइकल बाटोमा हिड्दै गरेको गाईलाई बचाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी वडा न.४बस्ने बर्ष ५६का भगिरथ पोद्धार घाइते भएका छन् । दुवै खुट्टामा चोट लागेर उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइ उपचार भइ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो दिउँसो ४ बजे कनकाई ८बिरिङ पुलस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–०१५प४४५९नं मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्र१–०१–००१ख४९०७नं को यात्रुबाहक बसले ओभरटेक गर्ने क्रममा उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १२बस्ने बर्ष ५८का बृहष्पति पाण्डे र पछाडि सवार उनकी श्रीमती बर्ष४८की बिष्णुमाया खरेल घाइते भएका छन् । घाइते दुबै जनाको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो साँझ ५ः३०बजे गौरादह १चैतु चोकस्थित गौरीगञ्ज– पाडाजुङगी भित्री सडकखण्डमा चैतु चोकबाट गौरादह बजारतर्फ आउँदै गरेको मे३प३३०९नम्बरको मोटरसाइकलले बिपरीत दिशाबाट जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको छ । दुर्घटनामा साइकलयात्री कमल .७ सितापुरी बस्ने बर्ष २७का सन्तोष सार्की र मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष४५ का गोपाल कर्मकार घाइते भएका छन् । दुबै घाइतेको निम्स अस्पताल दमकमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो साँझ ५.२५ बजे अर्जुनधारा वडा न.९मिलन चोकस्थित शनिश्चरे –जयपुर भित्री सडकखण्डमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको बा३६प७९९७नं.को मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको मे४प८८७नं.को स्कुटीलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति वडा नं ७ बस्ने बर्ष २४का भविन पाठक र स्कुटी चालक मेचीनगर १२ बस्ने बर्ष ३५ का केशव लिम्बू घाइते भएका छन् । दुवैको विर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै हिजो साँझ ५ बजे भद्रपुर २ पृथ्वीनगरस्थित सडकखण्डमा भलिबल खेलको बल अचानक प्र१–०१–०१३ प ८३३६ नं.को मोटरसाइकलको अगाडीको चक्कामा लागेर दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल २ बस्ने वर्ष ५३ का गंगा भट्टराई र पछाडि सवार उनकी श्रीमती वर्ष ४८ की देवकी भट्टराई घाइते भएकी थिइन । दुवैजनाको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । भलिवल खेल खेल्ने सोही ठाउँ बस्ने वर्ष १९ का कुशल भट्टराई उपचारमा संलग्न रहेको बताइएको छ ।
त्यस्तै हिजो साँझ ७ः१०बजे हल्दिबारी वडा न.२ स्थित बिर्तामोड –हल्दिबारी भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा चालक सोही ठाउँ बस्ने वर्ष २७ का सन्जय राय , पछाडि सवार बर्ष२७ की सुमिता कार्की र सन्तोष कार्कीका छोरा वर्ष १०का बिश्वास कार्की घाइते भएका छन् । घाइते तीनैजनालाई बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल बिर्तामोडमा ल्याइ उपचार भइ रहेको प्रहरीले जनाएको छ ।
एआइ तस्बीर









