आन्दोलनको घोषणा

पुनर्निर्माणको काम सुरु नभएको भन्दै इलामबासी आक्रोशित

माग पूरा नभए सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रम समेत बहिस्कार गर्ने चेतावनी

इलाम,२ मंसिर । प्राकृतिक प्रकोपबाट क्षतविक्षत बनेको सडक सञ्जाल र भौतिक पूर्वाधार पुनर्निर्माणमा सरकारले उदासीनता देखाएको भन्दै ‘सचेत इलामेली नागरिक’ ले आन्दोलनको घोषणा गरेको जनाएको छ । २०८२ असोज १८ र १९ गतेको बाढीपहिरोपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि हालसम्म पुनर्निर्माणका काम सुरु नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

स्थानीय अगुवाहरुले जारी गरेको विज्ञप्तिमा बाढीपहिरोले सडक सञ्जाल छिन्नभिन्न हुँदा इलाम, पाँचथर र ताप्लेजुङको जनजीवन कष्टकर बनेको उल्लेख छ । सडक अवरुद्ध हुँदा पर्यटन, व्यापार र कृषिजन्य उद्योगहरू शून्य प्रायः भएको र आर्थिक गतिविधि ठप्प भएको बताइएको छ । राजनीतिक दल र उद्योग वाणिज्य संघले पटकपटक ध्यानाकर्षण गराउँदा समेत सरकार मौन बसेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संयोजक ईश्वर चिपालुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सचेत नागरिक समूहले पहिलो चरणका संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको जनाएको छ । आज एक घण्टा मेची राजमार्ग सांकेतिक रूपमा बन्द गरिने भएको छ । दिउँसो साढे १२ देखि साढे १ बजेसम्म सडक डिभिजन कार्यालय, इलाम घेराउ र तालाबन्दी गरिने भएको छ । यसैगरी, दिउँसो २ः०० देखि ३ः०० बजेसम्म जिल्ला प्रशासन कार्यालय, इलाम घेराउ गरी ध्यानाकर्षण पत्र बुझाइने बताइएको छ।
आन्दोलनकारीले आफ्ना माग पूरा नभए सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रम समेत बहिस्कार गर्ने चेतावनी दिएका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने र माग सम्बोधन नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने उनीहरूको अडान रहेको छ । मेची राजमार्ग र वैकल्पिक सडकहरूको पुनर्निर्माणका लागि ३ दिनभित्र ठोस कदम नचाले आम हड्तालसहितका कडा आन्दोलनमा उत्रिने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी