मानव बेचबिखन भएकालाई तत्काल उद्धार र संरक्षणका लागि योजनाबद्ध काम गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

मोरङ,४ पुस । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताउनु भएको छ ।
मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’ विषयक गोष्ठीको बिहीबार साँझ उद्घाटन गर्दै उहाँले दुई देशबीच आपसी समन्वय कायम गरी यस्तो जघन्य अपराधलाई रोकथाम गर्न सरोकार भएका निकायले सक्रियता बढाउनुपर्नेमा जोड दिइनु भयो।

 

मन्त्री श्रेष्ठले मन्त्रालयले बेचबिखन भएकालाई तत्काल उद्धार र संरक्षणका लागि योजनाबद्ध काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले महिला बेचबिखन रोकथामका लागि तत्काल कार्यविधि बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने जानकारी दिइनु भयो ।

माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संस्थाले विगत ३० वर्षदेखि मानव बेचबिखनविरूद्ध काम गर्नुका साथै जनचेतना जगाउने, उद्धार र पुनस्थापनामा सहजीकरण गर्दै आएको जानकारी दिदै अहिले पनि किशोरीहरू अशिक्षा, बेरोजगारी र विभिन्न प्रलोभनमा परी बेचबिखनमा परिरहेकाले यसको नियन्त्रणका लागि समाज, सङ्घसंस्था, सरकारी निकाय सबैको सहयोग र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिइनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन नेपालको मुख्य समस्या भएको उल्लेख गर्दै यसको रोकथाम आपसी समन्वयबाट हुने बताउनु भयो ।

मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, सहसचिव आभा श्रेष्ठ, दिल्ली प्रहरीका डा राकेश कुमार, गैरसरकारी संस्था मोरङ अध्यक्ष विष्णु शर्मा पन्तलगायतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सचेतना जगाउन र आगाी रणनीति तयार गर्न गोष्ठी प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो।

मानव बेचबिखन नियन्त्रणमा दुई देशबीच आपसी सहकार्य र समन्वय सुदृढ गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको आयोजकले बताँउनु भयो छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपाल र भारतका सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाजलगायत सरोकार भएका सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी