आर्थिक सूचक सशक्त

सहारा नेपाल सहकारी दमक सेवा केन्द्रको इकाइगत साधारण सभा सम्पन्न

दमक,४ पुस। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सेवा केन्द्र दमकको इकाइगत साधारण सभा बुधबार सम्पन्न भएको छ। २०८२ साल पुस २ गते सम्पन्न सभामा सेवा केन्द्रको आर्थिक अवस्था सुदृढ रहेको तथ्य प्रस्तुत गरिएको छ। सभामा सार्वजनिक विवरण अनुसार सहकारीको कुल पूँजी १८ अर्ब ५६ करोड ५८ लाख ४२ हजार ४ सय २० रुपैयाँ पुगेको छ।

यस्तै, कुल लगानी ११ अर्ब ४७ करोड २७ लाख ३१ हजार ५ सय ५३ रुपैयाँ, कुल बचत १४ अर्ब १५ करोड ७६ लाख ८७ हजार ८ सय २७ रुपैयाँ, जगेडा कोष १ अर्ब ३२ करोड ६८ लाख ९४ हजार ४ सय ३७ रुपैयाँ, सेयर पूँजी १ अर्ब ६९ करोड ७५ लाख २८ हजार ९ सय रुपैयाँ रहेको जानकारी दिइयो।सहकारीको बहाल ऋण शून्य रहेको र चालु आर्थिक अवधिमा ३ करोड २० लाख ५९ हजार ३ सय ४९ रुपैयाँ नाफा आर्जन गरेको पनि सभामा जानकारी गराइएको छ। कार्यक्रममा सुरक्षित पूँजी कोष बढी प्राप्त गर्ने ऋण सदस्य अधिराज बनेम र बचततर्फ उत्कृष्ट योगदान पु¥याउने सेयर सदस्य मैयाँ लिन्देनलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति